दार्चुला १८ भाद्र/सुदूरपश्चिम प्रदेशको दार्चुलामा लगातार दुई दिन भारतीय सुरक्षाकर्मीले हेलिकोप्टर उडाएको छ । दार्चुलाको सदरमुकाम खलंगामा बुधबार र बिहीबार भारतीय पक्षले हेलिकोप्टर उडाएको प्रमुख जिल्ला अधिकारी शिद्धराज जोशीले बताए ।
‘भारतीय पक्षले सदरमुकाममा दुई दिन चार÷पा“च पटक हेलिकोप्टर उडाएको हो ।’ उनले भने, ‘हामीले हेलिकोप्टर नउडाउन पत्र पठाइसकेका छौं ।’ उनले भारतीय पक्षले सदरमुकाममा हेलिकोप्टर उडाउनको कारणबारे जानकारी नभएको बताए ।
नेपाली कांग्रेसका नेता धनराज गुरुङले दार्चुलामा नेपाली भूमि माथि भारतीय सुरक्षाकर्मीको हेलिकोप्टर निरन्तर उडिरहेको भन्ने समाचारबारे छानबिन गर्न माग गरेका छन् ।
शुक्रबार ट्वीट गर्दै नेता गुरुङले उक्त घटनाले नेपाली राष्ट्रिय स्वाधिनतामाथि भारतको ठाडो हस्तक्षेप रहेको बताउ“दै सरकारको ध्यानाकर्षण गराएका छन् ।केही दिनयता दार्चुलामा भारतीय सुरक्षाकर्मीको हेलिकोप्टर आइरहेको भन्ने खबरहरु सार्वजनिक भइरहेका छन् ।सोही प्रशंगमा ट्वीट गर्दै नेता गुरुङले यस्ता विषयमा सरकार टुलुटुलु हेरेर बस्न नहुने बताउ“दै भारतका प्रधानमन्त्रीस“ग कुरा गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।
उता, दार्चुलामा भारतीय सीमा सुरक्षा बलले तुइनको डोरी खुस्काउ“दा महाकालीमा बेपत्ता भएको घटनाको विरोधमा शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुतला दहन भएको छ ।काठमाडौ“को प्रदर्शनीमार्गस्थित रत्नराज्य क्याम्पस अगाडि माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियुले मोदीको पुत्ला जलाएको हो । सो क्रममा उनीहरुले भारतविरुद्ध चर्को नाराबाजी समेत गरेका थिए ।