कामाडौं, १८ भदौ । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवा वडा अधिवेशन शुभारम्भ गर्न भक्तपुर पुग्नु भएको छ ।
प्रधानमन्त्री देउवा सूर्यविनायक नगरपालिका क्षेत्रका वडामा हुने वडा अधिवेशन शुभारम्भ गर्न प्रधानमन्त्री देउवा भक्तपुर पुग्नुभएको हो । वडा सभापति, कार्यसमिति र क्षेत्रीय प्रतिनिधि वडा अधिवेशनबाट चयन हुनेछन्।
भक्तपुरमा आजदेखि वडा अधिवेशन सुरू हुने भएपनि भदौ २१ गते निर्वाचन हुनेछ । त्यस्तै, कांग्रेसले आज देशभरका छ हजार सात सय ४३ वडामै अधिवेशन गर्ने भने पनि ५६ जिल्लाका विभिन्न वडामा मात्रै अधिवेशन हुने भएको छ।
भदौ २७ मा गाउँरनगर अधिवेशन रहेकोले त्यसअगाडि नै वडा अधिवेशन सक्नुपर्ने बाध्यता कांग्रेसलाई छ।
