• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

पुनर्वासका बाढी पिडितको गुनासो : ‘भित्र बाढी पसेपछि खान बस्न समस्या भयो”

कञ्चनपुर, १६ भदौ । कञ्चनपुरको दोदा नदीमा आएका बाढीका कारण डुबानमा परेका पीडितहरूलाई खान बस्न समस्या भइरहेको गुनासो गरेका छन् । गत भदौ ११ गते आएको बाढीले खाद्यान्न बगाएको र घरमा अहिले सम्म हिलो जमेका कारण बस्न सकिने अवस्था नरहेको उनीहरूले बताएका छन् ।

दोदा नदीको तटीय क्षेत्रमा बसोबास गरिरहेका कञ्चनपुरको पुनर्वास नगरपालिका वार्ड नं ५ सिमरीमा मात्र ६० घर डुबानमा परेका थिए । त्यसै गरी पुनर्वासकै वार्ड नं २ इँटा भट्टीलाईमा १८ घर डुबानमा परेका थिए ।

बाढीका कारण आफूहरूको घर भत्किएकाले बस्न निकै समस्या भएको खोया रानाले बताइन् । राहत भन्दा पनि सरकारले आफूहरूलाई उचाइ भएको क्षेत्रमा आधा कठ्ठा भए पनि घरबासका लागि जमिन उपलब्ध गराउनु पर्ने उनले बताइन् ।

“सुत्ने कोठा देखि लिएर आँगन सम्म हिलै हिलो छ, घर डुबानमा परेको एक साता बिति सक्यो , खोइ अहिले सम्म पुनर्स्थापना हुन सकेको रु,” उनले भनिन् । यो समस्या उनको मात्रै होइन उनी जस्तै करिब ७० परिवारको हो ।

धानबाली समेत नोक्सान गरेका कारण आफ्नो र परिवारको पेट कसरी पाल्ने भन्ने चिन्तामा रहेका अर्का बाढी पीडित ठग्नी रानाले बताए । “खेतमा भएको धानबाली पनि बाढीले सकापै गरिदियो,” उनले भने “अब आफ्नो र परिवारको पेट कसरी पाल्ने होला।” घरभित्र राखेको अन्नबाली समेत बाढीले बगाएपछि आफूहरू निकै समस्यामा रहेको उनको भनाई छ ।

अविरल वर्षाले कञ्चनपुरको बेलौरी नगरपालिका, लालझाडी गाउँपालिका र पुनर्वास नगरपालिकाका १८० घर धुरी डुबानमा परेका थिए । लालझाडी गाउँपालिकामा किसानले पालन गरिरहेका बँगुर र माछा समेत बाढीले बगाएको थियो ।

नेपाल प्रहरीले राति १२ बजे बाढीको सूचना पाएको र एलर्ट साइरन बजाएकाले मानिस सुरक्षित स्थानमा बसेकाले मानवीय क्षति हुन नपाएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश सिंह विष्टले बताए ।

“हामीले बाढी को सूचना पाए लगत्तै यहाँका तटीय क्षेत्रका बासिन्दालाई पनि खबर गरेका थियौ,” उनले भने, “सूचना पाए लगत्तै उनीहरू सुरक्षित स्थानमा बसेकाले मानवीय क्षति हुन भने पाएन यद्यपि उहाँहरूको अन्नबाली,जनावरहरूमा भने बाढीले क्षेती गरेको अवस्था छ ।”

बाढीले घर डुबान भई फसेका व्यक्तिलाई सशस्त्र प्रहरी र नेपाल प्रहरी, नेपाल रेडक्रस सोसाइटी र स्थानीय युवाहरूले तत्काल उद्धार गरेका थिए । यसअघि पनि २०६५ सालमा आएको बाढीले धनजनको ठुलो क्षती भएको थियो । त्यति बेलाका बाढीका कारण बिस्थापति भएकाहरूको १३ वर्ष बितिसक्दा पनि पुनर्स्थापना भने हुन सकेको छैन ।

बुधबार, भदौ १६, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.