• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

कञ्चनपुरको वनहरा नदीका कारण पुल उच्च जोखिममा

कञ्चनपुर,१५ भदौ । जिल्लाको शुक्लाफाँटा नगरपालिका–१२ तिलकी र दमलपट्टि जोड्नका लागि वनहरा नदीमा निर्माण गरिएको झोलुङ्गे पुल नदीको बाढीको उच्च जोखिममा परेको छ।पुल जोगाउनका लागि निर्माण गरिएको तटबन्ध छाडेर नदीभित्र पसेर बग्न थालेपछि पुल जोखिममा परेको हो। नदीमा आएको बाढीको पानीले पुल क्षेत्र नजिकको जग्गा कटानको कार्य तीव्र बनाएको स्थानीय मङ्गलप्रसाद चौधरीले बताए।

“जग्गा कटान पुलसम्म पुग्न ३० मिटर पनि छैन्”, उनले भने, “पुलसम्म नै नदीले जग्गा कटान गरे पुल ढल्ने सम्भावना बढेर गएको छ।” सम्बन्धित निकायमा यसबारे जानकारी गराई सकिएको भए पनि पुल जोगाउनका लागि कुनै पनि प्रयत्न हालसम्म नगरिदा निकै चिन्तित भएको उनले बताए।

“पुल बगेमा यस क्षेत्रको आवागमन नै रोकिन्छ”, स्थानीय बालसुग्रिव रानाले भने, “चुरे क्षेत्र र तराई क्षेत्रमा लगातार पानी पर्ने क्रम जारी रहेकाले जग्गा कटानको कार्य रोकिएको छैन।” पुल क्षेत्रसँगै जोडिएको स्थानीय बासिन्दाको झण्डै १० कठ्ठा बढी धान रोपेको उब्जाउ जग्गा यस वर्षको बाढीले बगाई बगरमा परिणत गरीसकेको छ।

वनहरा र दोदा नदीको संगमस्थलमा पुल निर्माण गरिएको छ। सो क्षेत्रको जग्गा नदीको पानी घट्ने क्रममा बढी कटान गर्दै आएको छ। बलौटे दोमट जग्गा भएकाले थोरै नदीको बाढीले पनि कटानी गरी बगाउदै आएको छ।

वडाध्यक्ष बाले रानाले पुलसँगै स्थानीय बासिन्दाको बाढीको पानीले जग्गा कटानी गर्दै आएको क्षेत्र जोगाउनका नगरपालिका कार्यालयमा जानकारी गराएको भए पनि सुनवाइ हुन नसकेको बताए।

“नदीको बाढीले गर्दै आएको जग्गा कटानी रोक्नका लागि वडासँग बजेट नै छैन” उनले भने, “नगरपालिकाले चासो दिँदैन। प्रदेश सरकार संग बलियो तटबन्ध निर्माणका लागि अनुरोध गरेका छौँ तर सुनवाइ छैन।”

दुई तिरबाट नदीले घेरिएको बस्तीका बासिन्दालाई आवतजावतमा सहजता प्रदान गर्नका लागि दुई वर्ष अघि झोलुङ्गे पुल निर्माण गरिएको थियो। तीन सय मिटर लम्बाइको पुल दुई करोड बढीको लागतमा निर्माण गरिएको थियो।

मङ्गलबार, भदौ १५, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.