धनगढी, १४ भाद्र/ लगातारको वर्षाका कारण निजाङ्ग खोलामा गयराती आएको बाढीले दार्चुलालाई फेरी बिपत्तीको चपेटामा दार्चुलालाई दुखाएको छ । महाकाली नगरपालिका–१ र दुहुँ गाउँपालिका ३ को सीमाना भएर बग्ने खोलामा आएको बाढीले फेरी दार्चुलाबासीलाई एक पटक फेरी दुखाएको छ ।
बाढीले दार्चुला–तिंकर सडक खण्डको पक्की पुल, अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयको रेञ्जर पोष्ट र खोला किनारका पसलहरु बगाएको छ । बाढीले श्रीबगड स्थित खोला किनारका थप ३ पसल र १ घर बगाएको छ ।खोलाले स्थानीय दिपक बहादुर बमको घर तथा सुन्दर बहादुर बम, देवबहादुर बम र जितबहादुर बमको पसल बगाएको छ । खोलामा बाढि आउदा सो क्षेत्रका स्थानीयहरु राती नै सुरक्षित स्थानमा गएका थिए । साथै श्रीबगडका अन्य घरहरु समेत बाढी पहिरोको उच्च जोखिममा रहेको बताइएको छ ।
पहिरोले घर पुरिदा दुहु गाउँपालिका–१ बासपालिकामा नरसिंह महर, उनकी श्रीमति कौशा महर र दुहु गाउँपालिकाको वडा नम्बर ५ दुल्लामा बाढीले मनुवा डडालले ज्यान गुमाएका छन् ।जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख मनोहर प्रसाद भट्टका अनुसार सो क्षेत्रका पाँचवटा पसल, दुईवटा लघु जलविद्युत आयोजना, चारवटा झोलुंगे पुल र एउटा पक्की पुल बगाएको छ । दुहुँ ३ को श्रीवगडमा निजाङगाडले पूर्ण बहादुर बम, नरेन्द्र बहादुर बम, दिपक बम, रणबहादुर बम, धिरेन्द्र बम, शेरबहादुर बमको घर बगाएको छ । यस्तै महाकाली नगरपालिका १ को श्रीबगडमा देव बहादुर बम, अमरबहादुर बम, सुन्दर बहादुर बम र जित बहादुर बमको होटल तथा पसल बगाएको छ ।
सुदूरपश्चिम प्रदेश मानियन नन्दा बमको सकृयता
सुदूरपश्चिम प्रदेश सदस्य नन्दा बमको सकृयातामा घाईतेको उद्वारका लागि हेलिकप्टरको व्यबस्था गरी धनगढी ल्याएकी छन् । धनगढीमा रहेर घाईतेको उपचारका लागि सकृयतका साथ खटिएकी छन् ।
बिहानै देखी प्रदेश सदस्य नन्दा बमले गृहमन्त्री वलकृष्ण खाड र सुदूरपश्चिम प्रदेशकी अन्तरिक मामिला मन्त्री पुर्णा जोशीलाई जानकारी गराएर पिडितलाई उद्वार गरेकी हुन् । प्रदेश सदस्य बमको पहलमा सुदूरपश्चिम प्रदेश सरकारले अहिले गम्भीर घाईतेहरुलाई सेती प्रदेशिक अस्पतालमा उपचार गराईरहेका छन् । प्रभावित क्षेत्रमा हेलिकप्टर मार्फत राहत सामग्री समेत पठाईएको छ








