धनगढी, ११ भदौ । कैलालीमा घरमाथि पहिरो खस्दा दुई जना घाइते भएका छन् । अविरल वर्षाका कारण गएराति ८ बजेतिरको समयमा जिल्लाको लम्कीचुहा नगरपालिका – ३ बल्चौरका गोपाल चौधरीको घरमाथि पहिरो खसेको हो ।
पहिरोले घरमा क्षति पुगेको बताइएको छ । घरभित्र बसिरहेका ७५ वर्षीय गोपाल र उनकी श्रीमती ७२ वर्षीया गौरी चौधरी घाइते भएका र उनीहरुको स्थानीय क्लिनिकमा उपचार भइरहेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए ।