धनगढी, १० भाद्र/बिरामी भएर काठमाडौ उपचारार्थ धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृप बहादुर वडलाई बिहिबार डिस्चार्ज गरिको छ । एक सात अघि स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना गरिएकाे थियाे ।
बिरामी भएपछि धनगढीका नगर प्रमुख वड काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियाे । नगर प्रमुख वडलाइ दुई साता अारम गर्न चिकित्सकले सल्लाह दिएकाे छ । अहिले स्वास्थ अबस्था सामान्य रहेकाे नेपाली कांग्रेस कैलालीका नेता अमृत बिसीले बताए । बिसी अहिले वड संगै काठमाडौमा छन् ।
नगर प्रमुख वड एक कार्यक्रमका लागि बर्दिया कार्यक्रममा रहदा एक्कासी बिरामी भएका थिए ।