• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

वाइसिएलको राष्ट्रिय भेला भर्चुअल विधिबाट, अध्यक्षमा दुई दाबेदार

काठमाडौं, १० भदौ । माओवादी केन्द्रको युवा संगठन वाइसिएल नेपालले भर्चुअल विधिबाट राष्ट्रिय भेला आयोजना गर्दै छ । भदौ १२ र १३ गते हुने भेलाले वाइसिएलको नयाँ नेतृत्व चयन गर्ने छ ।

वाइसिएलका वर्तमान केन्द्रीय अध्यक्ष रामप्रसाद सापकोटा (दीपशिखा) लाई पार्टीले वाइसिएलको र युवा विशेष जिल्ला समितिको इञ्चार्जको जिम्मेवारी दिएकाले उनीबाहेकले अब वाइसिएलको नेतृत्व गर्नेछन् ।

हालसम्म अध्यक्ष चार जना दाबेदार छन् । वाइसिएलका वर्तमान उपाध्यक्षहरु सुमन देवकोटा (अब्दुल), यशोदा न्यौपाने र सुरज सिंह तथा महासचिव सुवोध सेर्पाली अध्यक्षका दाबेदार हुन् ।

यी चारमध्ये पनि चितवनका सुमन र रुकुम पूर्वका सुवोध बलियो दाबेदारको रुपमा देखिएका छन् । वाइसिएलका अध्यक्ष दीपशिखाले सहमतिबाटै नयाँ नेतृत्व चयन हुने बताए ।

खर्चिलो प्रविधि

वाइसिएल नेपालका प्रवक्ता पुष्प ओलीले कोरोना संक्रमणको जोखिम भएकाले जिल्ला प्रशासनले भौतिक उपस्थितमा भेला वा सभा सम्मेलन गर्न रोक लगाएकाले भर्चुअल विधिबाट राष्ट्रिय भेला आयोजना गर्न लागिएको जानकारी दिए ।

वाइसिएल अध्यक्ष सापकोटाका अनुसार भेलामा केन्द्र र सात प्रदेश गरी आठ ठाउँबाट नेता तथा प्रतिनिधि गरी ६४७ जना सहभागी हुनेछन् । काठमाडौंमा भेला उदघाटन गर्ने हल टुंगो लाग्न भने बाँकी छ । तर मुख्य होस्ट काठमाडौंमा हुनेछ ।

काठमाडौंको एक हलमा प्रमुख अतिथि एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित बागमती प्रदेश, केन्द्रीय कार्यालयका प्रतिनिधि गरी करिब एक सय जना भौतिक रुपमा उपस्थित हुनेछन् ।

त्यहींबाट अध्यक्ष प्रचण्डले भेला उदघाटन गर्नेछन् । यो दृष्य सातवटै प्रदेशमा रहेका प्रतिनिधिहरुले प्रत्यक्ष हेर्न र आफ्ना धारणा राख्न पाउने छन् । सातवटै प्रदेशका गतिविधिहरु पनि काठमाडौंमा देखिन्छ ।

‘हाम्रा लागि यो एकदम हाइटेक हो,’ वाइसिएल अध्यक्ष सापकोटाले भने, ‘यस्तो प्रविधि प्रयोग गरेर राष्ट्रिय भेला आयोजना गर्ने वाइसिएल नेपाल नेपालको पहिलो राजनीतिक संगठन पनि हो ।’

भेलाका लागि काठमाडौंमा ठूलो एलइडी स्क्रिन राखिने छ । वाइसिएलले भेलाका लागि मेन होस्टिङमा एलइडी प्रयोग गरेर अन्त प्रोजेक्टर प्रयोग गर्ने छ । अध्यक्ष सापकोटाले भने, ‘यो त झण्डै–झण्डै टेलिभिजन स्टुडियोकै मेकानिजम हुने रहेछ ।

सात प्रदेशमा सातवटा मेकानिजम तयार गर्नुपर्यो । त्यसैले खर्चिलो हुनेभयो ।’ तर खर्चको लेखाजोखा भने अझै नगरेको उनले बताए ।भेलाबारे जानकारी दिन बिहीबार दिउँसो एक बजे पेरिसडाँडास्थित कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरिएको उनले बताए ।

बिहिबार, भदौ १०, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.