दार्चुला, १० भदौ । भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लास्थित धौलीगंगा जलविद्युत् आयोजनाको बाँध बिहीबार बिहान ७ बजेबाट खोलिएको छ । बाँधमा जम्मा भएको बालुवा, माटोलगायत वस्तु हटाउन आज दिनभरि बाँध खोलिने जनाएको छ ।
एनएचपिसी लिमिटेड, धौलीगङ्गा पावर स्टेशन, धारचुला, पिथौरागढ भारतबाट प्राप्त पत्रअनुसार भाद्र १० गते बिहान ७ बजे देखि बेलुकी ७ बजे सम्म ‘सिफ्ट फ्लशिंग’, सरसफाइको कार्य हुने भएकाले महाकाली नदीमा जलस्तर बढ्ने भएकाले सतर्क रहन आग्रह गरिएको हो ।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्ध राज जोशीले धौलीगंगा जलायसमा पानी सँगै बालुवा माटो लगायतका बस्तु धेरै मात्रामा जम्मा भएको र उक्त सिफ्ट फ्लशिंगको लागि बाँधको ढोका खोलिए पश्चात् महाकाली नदीमा पानीको सतह बढ्न जाँदा तटीय क्षेत्रमा जोखिम बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेका छन् ।