काठमाडौँ, ८ भदौ । प्रस्तावित नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को काठमाडौँको चन्द्रागिरीमा शुरु भएको केन्द्रीय समितिको बैठकमा एमाले उपाध्यक्ष भीम रावल सबै नेताहरु सहभागी भएका छन् ।
सुदूरपश्चिममा रावल निकट रहेका झपट रावल बाहेक सबै नेताहरु समाजवादीको केन्द्रीय समितिको बैठकमा सहभागी भएका छन् । नेता रावलको अत्यन्त निकट मानिने अछामबाट राष्ट्रिय सभा सदस्य शेर बहादुर कुवँर पनि सहभागी छन् ।
कुवँर अछाममा रावलको व्याक बोन मानिन्छन । अछाममा एमालेका अध्यक्ष रहेका कुवँरलाई केपी शर्मा ओलीले अपदस्थ गरेका थिए । कुवँरले अन्ततः रावलको साथ छोडेका छन् ।
त्यस्तै सुदूर पश्चिम प्रदेशका भौतिक पूर्बाधार मन्त्री दीर्घ सोडारी समेत बैठकमा सहभागी छन् । रावलका अत्यन्त निकट मानिने सोडारीको प्रदेश सभामा समेत बलियो पकड छ । सोडारीले पनि रावलको साथ छोडेका छन् ।
नेता रावलको साथ छोडेर समाजवादीमा जानेमा प्रदेश सभा सदस्य तारा लामा तामाङ पनि छन् । उनी पनि समाजवादीको बैठकमा सहभागी छन् ।
समाजवादीको बैठकमा सुदूर पश्चिमबाट प्रतिनिधि सभा सदस्य प्रेम आले, बिना बुढाथोकी, लक्ष्मी चौधरी र निरादेवी जैरु पनि सहभागी छन् ।
त्यस्तै उर्वादत्त पन्त, राम कुमार ज्ञवाली, बीर बहादुर बुढाथोकी र बिक्रम शाही पनि समाजवादीको केन्द्री समितिको बैठकमा सहभागी छन् ।