धनगढी, ६ भदौ । राष्ट्रिय युवा संघ,नेपाल जिल्ला कमिटी कैलालीले धनगढी उपमहानगरपालिकामा अभिषेक नाथ संयोजकमा चयन गरेको छ ।
राष्ट्रिय युवा संघ नेपाल कैलाली जिल्लाका अध्यक्ष गणेश महराको अध्यक्षतामा बसेको बैठकले उनलाई सयोजक चयन गरेको हो ।
त्यस्तै कमिटीको सह–संयोजकमा रुद्र आगरीलाई चयन गरेको छ । धनगढीको सयोजकमा चयन भएको नाथ समाजमा समस्यामा असायलाई सयोग गर्दै आएका छन ।
उनले कोरोना महामारीका बेला सुदूरपश्चिमका ग्रामिण क्षेत्रमा समस्या भोग्दै आएका नागरीकलाई सहयोग गरेका थिए ।
देश सघियतामा गएपनि तिनै तहका सरकारका आखा पुग्न नसकेका बाजुराका बिगट अध्यारा बस्तिमा बत्ति बाल्न उनले सहयोग गर्दै आएका छन ।
यस्तै धनगढी उपमहानगरपालिकासगै १३ वटै स्थानिय तहाको जिम्मेवारी पनि दीएको कैलाली जिल्ला अध्यक्ष महराले जानकारी दीए ।