किशोर तमाङ्ग
पुनर्वास ४ भदौ– कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिकामा कार्यरत करार तथा ज्यालादारी कर्मचारीहरुले एक कार्यक्रमका बीच आफ्नो हकहित मञ्च गठन गरेको छ ।
देशभरका नगरपालिकामा कार्यरत करार कर्मचारीहरुले सङ्गठन बिस्तार गरिरहेको अवस्थामा पुनर्वास नगरपालिकामा कार्यरत करार तथा ज्यालादारी कर्मचारीहरुले पनि शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै ओमनाथ ढकालको अध्यक्षतामा हकहित मञ्च गठन गरेको हो ।
नगरपालिकाको विभिन्न शाखामा कार्यरत रहेका करार तथा ज्यालादारी कर्मचारीहरुको हकहित संरक्षणका लागि उक्त भेलाले अध्यक्षमा नगरपालिकामा कार्यरत प्राविधिक ओमनाथ ढकाललाई चयन गर्दै ११ सदस्यीय कार्यसमिति र ५ सदस्यीय सल्लाहकार समिति गठन गरेको थियोे ।
यसैगरी कार्यसमितिको उपाध्यक्षमा नारायणी अधिकारी, कोषाध्यक्षमा मरियम तामाङ, सचिवमा राजेन्द्र भट्ट, सह-सचिवमा दिपेन्द्र बिष्ट, सदस्यहरुमा दलबहादुर गुरुङ, प्रकाश अधिकारी, अजय जैशी, भिमराज उपाध्याय, शान्ति तामाङ र जनक सिंह धामी चयन भएका छन् भने सल्लाहकार समितिको संयोजकमा हिरा बिक, उप-संयोजकमा चक्र बिष्ट, सदस्यहरुमा निर्मला जोशी,सीता गिरी र सरोज गौतम चयन भएका हुन् ।
कार्यक्रममा नगरपालिका अन्तर्गत रहेका ४२ जना करार तथा ज्यालादारी कर्मचारीहरुको सहभागिता रहेको थियो भने उक्त कार्यक्रम नगरपालिकाको सभाहलमा सम्पन्न गरिएको थियो।।