धनगढी, ४ भाद्र/महिलाहरूले शवलाई नछुने, मलामी तथा चितासम्म जानु हुन्न भन्ने परम्परा छ, तर, कैलालीको धनगढीमा कल्पना भट्टको दृष्टी फाउण्डेसको महिला समुहले ११ जना महिलाहरुको शब आफैले दहासंस्कार सहितको सबै काजकृया गरेका छन् ।
पुरानो रुढिवादी परम्परालाई तोड्दै धनगढीमा दृष्टी फाउण्डेसका महिलाहरुले ११ जना महिलाहरुको शब आफैले दहासंस्कार सहितको सबै क्रियाकरम गरेका छन् । सुदूरपश्चिममा महिलाले मृत शरीरलाई नछुने परम्परा कायम रहँदै आएको छ । दृष्टी फाउण्डेसका महिलाहरुले बिगतका परम्परा तोड्दै मृतक असहाय बेवारीसे महिलाहरुलाई दागबत्ती दिनुको साथै सबै कृयाकरम गर्ने गरेका छौ दुष्टी फाउण्डेसन, धनगढीले अध्यक्ष कल्पना भट्टले जानकारी दिईन् ।
उनी संगै उनको अभियानलाई साथ दिने महिलाहरु पनि सगै लागि परेका छन् । उनीहरुले मृतक अलपत्र सडकमा रहेका महिलाहरुलाई दृष्टी फाउण्डेसमा आश्रय समेत दिने गरेका छन् । उनीहरु संग अहिले पनि कयौ असाहय महिलाहरुलाई राखेर लालनपालन गर्दै आएका छन् ।
शुक्रबार मात्रै उनीहरुले आफ्नै आश्रय गृहमा महिलाको मृत्यु भएपछि सेती प्रदेशिक अस्पतालको शब गृहबाट आफैले सबै दागबत्ती दिनेको साथै महिलाहरुले नै दाहसंस्कार गरेको चन्द्र तिरुवाले बताईन् ।यो कार्यबाट पुरानो रुढीवादी परम्परा हटाउन र समाजमा सकारात्मक परिवर्तन गराउने उदेश्यले पनि यो अभियान गरेको महिलाहरु बताउछन् । उनीहरुले अहिले सम्म ११ जना असाहाय महिलाहरुको शब आफैले दहासंस्कार सहितको सबै क्रियाकरम गरेका छन् ।
फोटो फिचर



