बझाङ, ४ भदौ । बझाङमा पहिरोले नदी थुनिएको छ। जिल्लाको बुङ्गल नगरपालिकास्थित सानिगाड नदी पहिरोले थुनिएको हो। लगातारको बर्सातका कारण माथिबाट पहिरो खस्दा नदी थुनिएको बताईएको छ।
सानिगाड र कालङ्गा नदी छेउछाउका बस्तीमा जोखिम भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।