धनगढी, २ भाद्र/नेपाली काँग्रेसकी नेतृ डा. आरजु राणा देउवाको पहलमा धनगढीका बिभिन्न क्षेत्रमा बिपन्न समुदायलाई खाद्यान्न तथा पोषण सामाग्री बितरण गरिएको छ ।
बाढी प्रभावित तथा कोरोनाको प्रभावले आर्थिक रुपले विपन्न वर्गलाई ग्रामीण महिला बिकास तथा एकता केन्द्र (रुडुक), द युथ नेपाल फाउन्डेसनको आयोजना र धनगढी उपमहानगरपालिकाको सहकार्यमा बिपन्न वर्गलाई खाद्यान्न तथा पोषण सामाग्री बितरण गरिएको हो ।
नेपाली काँग्रेसका तर्फबाट कैलाली क्षेत्र नम्बर ५की उमेद्बार तथा डा. आरजु राणा देउवा ग्रामीण महिला बिकास तथा एकता केन्द्र (रुडुक)की संस्थापक अध्यक्ष समेत रहेको संस्थाले धनगढीका बिभिन्न बिपन्न ५० परिवारलाई उक्त सामग्री बितरण गरिएको रुडुक कैलालीकी अध्यक्ष ममता शाहले जानकारी दिईन् ।