धनगढी, १ भाद्र/धनगढी उपमहानगरपालिका ६ र ७ को सिमानमा पर्ने मनकामना टोलमा जमिन भासिन थालेपछि धनगढीका नगरप्रमुख नृपबहादुर वड लगाएतको टोली स्थलगत निरिक्षण गरेको छ ।
नगरप्रमुख वड सहित वडा नम्बर ७का अध्यक्ष सिताराम चौधरी, वडा नम्बर ८का अध्यक्ष नारायण बराल लगाएतको टोलीले स्थलगत निरिक्षण गरेका हुन्् । सुकुटी नालको छेउमा रहेको मनकामना टोलको जमिन भासिएर तिन घर समेत चर्किएका छन् । तीन घरको जगको मुनिबाटै पानी बग्न लागेपछि भाँसिन लागेको हो । सोही टोलकी नरपतादेवि सेठ्ठी, कुन्ति शाही र अशोक सेठ्ठीको घरको जगबाट पानी बग्न लागेको हो ।
जगभित्रैबाट खोलाको जसरी पानी बग्न लागेपछि नरपताले सो घाँस, प्लाष्टिकमा माटो र इट्टा लगायत खाल्डोमा हाली घर बचाउने प्रयास गरेका छन । नरपताको घरमा चिरा परेको छ भने वर्षातको समयमा आगनमै पानी पस्न लागेको छ ।
नगरप्रमुख वडले जमनि भासिएर बस्तीनै जोखिम पर्ने देखियो यसको समस्याको पहिचना गर्न प्रबिधिकको टोली खटाउने बताए ।जमिनमुनीबाट पानी बग्नु निकै गम्भीर बिषय भएको बताउदै नगरप्रमुख वडले यो बिषय स्थानीय तहबाट पहिचन नभए भुगर्भबिधको टोली समेतलाई पत्राचार गर्ने बताए ।