• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

सुदूरपश्चिममा ब्राउन सुगरको अबैध व्यापार र कुलत भयावह

धनगढी, ३० साउन । ३१ असार २०७८ मा कैलाली टीकापुर नगरपालिका(६ नारायणपुर शिबिरबाट बैदी बस्ने ३६ वर्षीय लोकेन्द्र साउँद २८ वर्षीय धन सिंह सुनार १४.९७ ग्राम ब्राउन सुगर (खैरो हिरोईन) सहित पक्राउ परे । १ साउन २०७८ मा कैलालीको गौरीगंगा नगरपालिका(४ राजीपुरबाट स्थानीय २१ वर्षीय अर्जुन साँउद ११० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ परे ।

२ साउन २०७८ मा भजनी नगरपालिका ८ सुनाफाँटामा धनगढी उप–महानगरपालिका – ८ का २६ वर्षीय दिनेश सुनार र टिकापुर नगरपालिका(१ शंकरपुरका २० वर्षीय राजेन्द्र रेग्मी ५०० मिलिग्राम सहित पक्राउ परे । प्रहरीले उनीहरु चढेको से२ प ८५० नम्बरको मोटर साईकल समेत बरामद गर्यो । १२ साउन २०७८ मा धनगढी उप–महानगरपालिका–२ चौराह स्थित सि।टि।होटलबाट धनगढी उप(महानगरपालिका(१ का २८ वर्षीय सुरज पार्की ६ ग्राम लागु ब्राउन सुगर सहित पक्राउ परे ।

१४ साउन २०७८ मा कैलाली भजनी नगरपलिका –१ स्थित कौवाखेडा घाटबाट भारत उत्तरप्रदेश लखिमपुर खिरी जिल्ला गंगानगर ग्राम पञ्चायत रणनगर गाउँ का २५ वर्षीय जितेन्द्र सिंह १२ ग्राम ६३० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ परे ।जिल्ला प्रहरी कार्यालयले पठाउने प्रेस बिज्ञप्तिमा प्रत्येक दिन एउटा सूचना एउटै प्रकृतिको हुन्छ, लागु औषध सहित यति जना पक्राउ । पक्राउ पर्नेको संख्या र ती व्यक्तिबाट बरामद हुने ब्राउन सुगरको मात्रा फरक भएपनि समाचार भने एउटै प्रकृतिको हुन्छ ।

माथिका पाँच वटा घट्नाले पनि यही कुराको पुष्टि गर्छ । हरेक दिन जसो ब्राउन सुगर सहित युवाहरु पक्राउ परिरहेका छन् । युवाहरु ब्राउन सुगर सहित पक्राउ पर्नु अब त सामान्य हुन थालिसक्यो । तर यसले सुदूरपश्चिममा ब्राउन सुगरको अबैध व्यापार र यसको कुलतमा फसिरहेका युवाहरुको संख्याले अव यो समस्या सामान्य होईन, बिकराल भईसक्यो, यसले यही संकेत गर्छ ।

यति भयावह रुपमा फैलिईसकेको लागु औषधको जालो चिर्न र यसमाथि नियन्त्रण पाउन प्रहरीलाई मुस्किल भईसकेको छ । अब यो समस्या कुनै एक ठाउँमा सिमित रहेन । र यसमा एउटै उमेर समूह वा समुदायका युवाहरुमात्र फसेका छैनन । सबै उमेर समूह, भूगोल र बिभिन्न समुदायका व्यक्तिहरु यसको शिकार भईरहेका छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार सुदूर पश्चिममा आर्थिक वर्ष ०७७र७८ मा ३९२ मुद्दा दर्ता भए । जसमध्ये कञ्चनपुरमा सबैभन्दा बढि १४१ मुद्दा दर्ता भए । कैलालीमा ९१ मुद्दा दर्ता भए । यो अबधिमा लागु औषध कारोवार तथा प्रयोगकर्ताका रुपमा पक्राउ पर्नेमा १० जना भारतीय नागरिक पनि थिए ।यसअघि ०७६र७७ मा यही प्रकृतिका २७० मुद्दा दर्ता भएका थिए । त्यसमध्ये यो मुद्दा चलाईनेमा ९ जना पुरुष र एक महिला भारतीय थिईन ।

त्यसअघि ०७५र७६ मा लागु औषधका २२१ मुद्दा दर्ता भएका थिए । १७ भारतीय पुरुषमाथि समेत यो मुद्दा चलाईएको थियो । तीन वर्षको आँकडा र अवस्था हेर्ने हो भने ब्राउन सुगरको अबैध व्यापार र यसको सेवनको अवस्थाले विकराल रुप लिदै गरेको देखिन्छ, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक भरत चौधरी भन्छन् यसमाथि नियन्त्रण पाउनु गम्भीर चुनौती बनेको छ ।

‘भारतीय भूमिबाट हुने यसको अबैध व्यापारलाई नेपाल प्रहरीले मात्र चाहेर नियन्त्रण पाउन सजिलो छैन’, डिएपसी चौधरीले भने, ‘भारतीय प्रहरीसंगको सहकार्य र समन्वयमा यसमाथि नियन्त्रण पाउन सकिन्छ । हामी यही कोसिसमा छौ।’

ब्राउन सुगरको कुलतमा एउटा पिढी नै गुमाउने अवस्था रहेको उनको भनाई छ । ‘कुलतका कारण समाजमा अपराधिक घट्नामा समेत बृद्धि भएका छन्’, उनले भने, ‘लागु औषध नियन्त्रण तथा लागु औषधको कुलतमा फसेकाहरुको पुनस्र्थापनाका लागि साझा पहल आवश्यक छ ।’

शनिबार, साउन ३०, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.