धनगढी, २५ साउन/कैलालीको भजनी नगरपालिका वडा नम्वर पाँचमा रहेको हिमालय युवा क्लवले सी डिभिजन लिगका छनौट खेल्ने भएको छ ।
भदौं १० गतेबाट सुरु हुने छनौटका लागि हिमालय युवा क्लव सुदुरपश्चिमबाट सी डिभिजन क्वालीफायर्स खेल्ने पहिलो क्लव हुने भएको छ ।एन्फाको आयोजनामा हुने सी डिभिजन छनौट प्रतियोगिताका लागि एन्फाले दर्ताको मिती तोकेको थियो । छनौटका लागि क्लवले दर्ता शुल्कपनि तिर्नुपर्ने हुन्छ ।
हिमालय युवा क्लव सि डिभिजन प्रतियोगितामा सहभागिता जनाउने सुदुरपश्चिम प्रदेशको पहिलो टिम भएको टिम कोच अनिल कठायतले जानकारी दिए ।