काठमाडौं, २५ साउन । नेकपा एमालेको स्थायी कमिटी बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बसेको बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको हो ।
प्रस्तावलाई सोमबार नै बस्ने केन्द्रीय कमिटीको बैठकमा छलफल गरी अनमोदन गर्ने तयारी गरिएको एमाले नेता एव कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीले र महासचिव ईश्वर पोखरेलले पेश गर्नुभएको राजनीतिक प्रतिवेदन र सांगठनिक प्रस्तावलाई एकरुपता दिइएको थियो ।