धनगढी, २२ साउन/कैलालीको धनगढी उपमहानगरपालिकाले व्यबस्थित आर्यघाट निर्माण गरेको छ । धनगढी उपमहानगरपालीका ९ स्थीत त्रिबेणी घाटमा दाह सस्कारका लागी आर्यघाटमा संरचना निर्माणको कार्य अन्तीम चरणमा पुगेको छ । आर्यघाट निर्माण गरिए पछि नागरिकहरु लाई निकै सहज हुने भएको छ । धनगढी उप महानगरपालीको कुल २ करोड १३ लाँखको लगानीमा टिडिआर कन्ट्रक्सनले निर्माण सुरु गरेको छ ।
बर्षाको समयमा नदि किनारमा सब जलाउनका निकै समस्या हुने परिस्थीतीलाई मध्येनजर गर्दै ३ ओटा सब जलाउने घर निर्माण गरिएका छन भने एक कृयाकर्म गर्नका लागी भवन समेत निर्माण गरियको छ । आर्यघाटमा संरचना निर्माणले निकै सहज हुने स्थानियको भनाई छ ।
पहिलेको समयमा जता जता ततै सबहरु जलाउने भएपनि अहिले भने संरचना निर्माण पछि निकै सहज हुने स्थानीयको भनाई छ । यसरी आर्यघाटमै सब जलाउन सकिने घर र क्रिया कर्म गर्नका लागी भवन निर्माण हुदा निकै सहज हुने भन्दै स्थानीले खुसी ब्याक्त गरे ।
धनगढी उपमहानगरपालीकाले आर्यघाटमा अझै पनि थुप्रै काम बाकी रहेकोले अब छिटटै सबै काम पुरा गर्ने जनायको छ । सो क्षेत्रमा बोरीङ निर्माण अति आवश्यक रहेकोले छिटै निर्माण गर्ने जनायको छ । त्रिबेणी घाटको निमार्ण पश्चात उपमहानगरपालीका तिन नम्बर वडा,सात नम्बर वडामा आर्यघाट संरचना निर्माणको काम अधि बढेको नगर प्रमुख ओडले बताए ।