धनगढी, २१ साउन । बाजुराका एक बालकमा कोरोना भाइरसको डेल्टा भेरियन्ट देखिएको छ । जिल्ला अस्पताल बाजुराबाट धनगढी हुँदै काठमाडौँ रेफर गरिएका १० वर्षीय बालकमा डेल्टा भेरियन्ट प्लस देखिएको हो ।
एन्टिजेन जाँच गर्दा नेगेटिभ देखिएका उनको केही दिन निमोनियाको उपचार गरिएको जिल्ला अस्पतालले जनाएको छ । ती बालकको काठमाडौँमा भेन्टिलेटरमा राखेर उपचार गरिएको र अहिले सञ्चो भएर डिस्चार्ज भइसकेको बताइएको छ ।
उक्त बच्चाको सम्पर्कमा रहेका अन्यको स्वाब संकलन गरेर पिसीआर गर्ने तयारी रहेको जिल्ला अस्पताल बाजुराका प्रमुख डा. प्रकाशराज जोशीले बताए ।