धनगढी, १९ साउन । नेकपा एमालेका सांसद महेश बस्नेतले मुलुक तुइनमुक्त भइसकेको बताएका छन्। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै उनले भने, ‘यो मुलुक तुइनमुक्त भइसकेको छ। बन्न बाँकी छ भने ठेकेदारको कारणले मात्रै हो।’
उनले अघिल्लो सरकारको कार्यकालमा एक सय ३० वटा तुइनलाई विस्थापित गर्दै झोलुङगे पुल निर्माण भएको दाबी गरे। उनले अन्य क्षेत्रमा भने सीमाना र ठेकेदारका कारणले बन्न नसकेको बताए।