धनगढी, १५ साउन । शुक्रबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा २९ जनामा कोरोना भाइरस परीक्षण पुष्टि भएको छ । उक्त प्रयोगशालामा ११८ नमूनाको परीक्षण गर्दा २९ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।
यस्तै ८९ जनाको रिपोर्ट निगेटिभ आएको छ । पछिल्लो २४ घण्टामा अस्पतालबाट १ जना डिस्चार्ज भएका छन् । भने,२ जना अस्पतालमा भर्ना भएका छन्।
हाल अस्पतालमा २२ जना संक्रमित उपचाररत छन्। जसमध्ये ५ जना आईसीयू, ११ जना अक्सिजनको सर्पोटरमा उपचाररत छन भने ६ जनाको अवस्था भने सामान्य रहेको सूचना अधिकारी श्रेष्ठले बताए।
आज थपिएका मध्ये १८ जना धनगढीका, ५ जना कैलालीका र ५ जनाका अन्य जिल्लाका रहेको अस्पतालले जनाएको छ ।
