धनगढी, १५ साउन । कैलालीमा प्रहरीले लागुऔषध ९खैरो हिरोइन०सहित एकजना पक्राउ परेको छन्। जिल्लाको भजनी नगरपलिका वडा नम्बर ५ स्थित कौवाखेडा घाटमाबाट प्रहरीले १२ ग्राम ६३० मिलिग्राम खैरो हिरोइनसहित एकजनालाई पक्राउ गरिएको हो।
भारतको उत्तरप्रदेश लखिमपुर खिरी जिल्ला गंगानगर ग्रामपञ्चायत रणनगर गाउँ बस्ने २५ वर्षीय जितेन्द्र सिंहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। यूपी ३१ एएफ ८१६७ नम्बरको मोटरसाइकलमा सवार सिंहलाई चेकजाँच गर्दा लागुऔषध भेटिएको प्रहरीले जनाएको छ। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
