• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

निर्मला हत्याका तीन वर्ष : दोषी अझै पत्ता लागेन

धनगढी, १० साउन । निर्मला पन्तको बलात्कारपछि हत्या भएको आइतबार तीन वर्ष पुग्दैछ। सायदै सबैभन्दा बढी छानबिन समिति बनाएर अनुसन्धान गरेको निर्मला हत्या काण्डको अझै वास्तविकता पत्ता लाग्न सकेको छैन। राष्ट्रिय, अन्तर्राष्ट्रिय रूपमा चर्चा पाएको निर्मला हत्याकाण्डलाई विभिन्न रूपमा अनुसन्धान गरे पनि प्रहरीले अहिलेसम्म हत्यारा पत्ता लगाएर पक्राउ गर्न नसक्दा यो घटना रहस्यकै गर्भमा रहेको छ।

घटनाको निरन्तर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले अहिलेसम्म निर्मलाको हत्यारा पत्ता लाग्न नसकेको बताएका छन्। ‘हामी अनुसन्धानकै क्रममा छौं,’ उनले भने, ‘अहिलेसम्म दोषी पत्ता लाग्न सकेको छैन।’ अकाट्य प्रमाण र घटनाबारे बताउन सक्ने प्रत्यक्षदर्शी नहुँदा अनुसन्धान निष्कर्षमा पुग्न नसकेको उनले बताए। आफूहरूले हत्यारा पत्ता लगाउन निरन्तर अनुसन्धान गरिरहेको र दोषी पत्ता लाग्ने उनको भनाइ छ।

नेपाल प्रहरी प्रधान कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक वसन्त कुँवरले निर्मला हत्या अनुसन्धानको दायरा साँघुरिएको बताएका छन्। ‘हत्यारा पत्ता लागेको भए त सार्वजनिक गरिहाल्थ्यौं,’ उनले भने, ‘तर अनुसन्धान साँघुरिएर हामी धेरै नजिक पुगेका छौं, यकिन भएको छैन।’ अनुसन्धानका सबै संयन्त्र क्रियाशील भएको उनले बताए।

अनुसन्धानमा तीन टोली सक्रिय

निर्मलाको हत्यारा पत्ता लगाउन सबैभन्दा बढी प्रहरीका अनुसन्धान टोली सुदूरपश्चिममा सक्रिय भए। एकपछि अर्को गर्दै तीन वर्षसम्म निरन्तर प्रहरीका अनुसन्धान टोली खटिएका छन्। अहिले पनि कञ्चनपुरमा घटना अनुसन्धानका लागि प्रहरीका तीनवटा टोली सक्रिय छन्। कञ्चनपुर प्रहरी कार्यालयका प्रवक्ता न्यौपानेले डिएसपीको नेतृत्वमा रहेको केन्द्रीय अनुसन्धान ब्युरोको टोली, प्रदेश प्रहरी कार्यालयको अनुसन्धान टोली र जिल्ला प्रहरी कार्यालयको टोलीले अलअलग अनुसन्धान गरिरहेको बताए।

सबै कोणबाट अनुसन्धान भइरहेको उनले बताए। निर्मला हत्यामा अहिलेसम्म एक हजारभन्दा बढी मानिसलाई सोधपुछ गरिएको उनको भनाइ छ। ‘६ सयजनालाई त लिखित कागजात बनाएरै सोधपुछ गरिएको छ,’ उनले भने, ‘यसैगरी करिब एक सयजनाको डिएनए परीक्षण भएको छ।’ ‘न्याय कसैले दिने होइनन्’

एक महिनाअघि निर्मलाकी आमा दुर्गादेवी छोरीको हत्या घटनाको अनुसन्धानबारे बुझ्न जिल्ला प्रहरी कार्यालय जाँदा प्रहरीले ‘अनुसन्धान भइरहेको’ पुरानै जवाफ दिएको थियो। ‘प्रहरीले हत्यारा खोज्दैछौं भन्ने गरेको तर पत्ता लगाउने जस्तो छैन,’ उनले भनिन्, ‘प्रमाण फेला पर्‍यो भने पक्राउ गर्छौं भन्छन् तर अहिलेसम्म किन पत्ता लागेन रु’ छोरी मार्नेलाई पत्ता लगाउनुपर्ने आफ्नो माग रहेको उनी बताउँछिन्। ‘अपराधी खोज्ने भए अहिलेसम्म खोजिसक्थे,’ उनले भनिन्, ‘कोही न्याय दिनेवाला होइनन्, अब त आसै छैन।’

घटनाको तीन वर्षसम्म हत्यारा पत्ता नलागेपछि निर्मलाका आमाबुबाले न्याय पाउने आस गुमेको बताएका छन्। ‘छोरीको हत्या भएको पनि तीन वर्ष पुगिसक्यो,’ दुर्गादेवीले भनिन्, ‘अब कसैले पनि न्याय दिने हैन भन्ने लाग्छ।’ आफूले दिलीप विष्टमाथि शंका लागेर किटानी जाहेरी दिएको उनले बताइन्। विष्ट नभए हत्यारा को हो प्रहरीले पत्ता लगाइदिनुपर्ने उनको भनाइ छ। प्रहरीले दिएको भिडियोका आधारमा शंका मानेर दुर्गादेवीले विष्टविरुद्ध २०७६ भदौमा किटानी उजुरी दिए पनि हत्यामा उनको संलग्नता भएको निष्कर्षमा प्रहरी अनुसन्धान पुग्न सकेको छैन। ‘डिएनए म्याच नभएपछि विष्ट पहिले नै रिहा भएका हुन्,’ प्रहरी नायब उपरीक्षक न्यैपानेले भने, ‘अहिले ठोस प्रमाण नभेट्टाउन्जेल दोषी वा निर्दोष भन्न सकिने अवस्था छैन।’

घटना विवरण यस्तो थियो

२०७५ साउन १० गते बिहान १३ वर्षीया निर्मला साथी रोशनी बमको घरमा गइन्। उनी साँझसम्म घर नफर्केपछि आमा दुर्गादेवी रोशनीको घरमा पुगिन्। त्यहाँ पनि निर्मलालाई नभेट्टाएपछि उनले प्रहरी गुहारिन्। तर, प्रहरीले आलटाल गरेर राति खोजीमा जान मानेन। दोस्रो दिन बिहान ९११ गते० नजिकैको उखुबारीमा घोप्टो परेको अवस्थामा निर्मलाको शव फेला पर्‍यो। शव फेला परेसँगै दोषी पत्ता लगाउन माग गर्दै आफन्तले प्रदर्शन गरे। राजनीतिक दलका नेताहरूको उपस्थितिमा प्रहरीले दोषी पत्ता लगाउने लिखित सहमति जनाएपछि साउन १४ गते निर्मलाका आफन्तले शव बुझेर दाहसंस्कार गरेका थिए। हत्यारा पत्ता लगाउन माग राखेर साउन ११ देखि सुरु भएर एक साता रोकिएको प्रदर्शन तेस्रो साताबाट पुनः सुरु गरियो।

साउन १३ गते सिआइबीका डिएसपी अंगुर जिसी घटनाको अनुसन्धान गर्न कञ्चनपुर आए। जिसीसहितको टोलीको अनुसन्धानका आधारमा मानसिक सन्तुलन गुमाएका भनिएका भीमदत्त नगरपालिका–१९ धर्मभक्त टोलका दिलीप विष्टलाई प्रहरीले बलात्कारपछि हत्या गरेको भनेर भदौ ४ गते सार्वजनिक गर्‍यो। प्रहरीले निर्मलाका बुबालाई शव फेला परेको उखुबारीमा लग्यो। उखुबारीमा कमिजको टुक्रा फेला पर्‍यो भन्दै प्रहरीले मुचुल्का बनायो। तर, उक्त मुचुल्कामा निर्मलाका बुबा यज्ञराजले हस्ताक्षर गर्न मानेनन्।

नर्दोषलाई दोषी करार गरेको भनेर स्थानीयले आन्दोलन चर्काउँदा भदौ ७ र ८ गते महेन्द्रनगरमा गोली चल्यो। प्रहरीको गोलीले शनी खुनाएको ज्यान गयो भने कयौं घाइते भए। डिएनए रिपोर्ट मेल नखाएको भन्दै प्रहरीले बिष्टलाई रिहा गर्‍यो। भदौ ७ गते सरकारले तत्कालीन जिल्ला प्रहरी प्रमुख एसपी डिल्ली विष्ट, डिएसपी ज्ञानबहादुर सेठी र प्रमुख जिल्ला अधिकारी कुमार खड्कालाई फिर्ता बोलाएर नयाँ टोली खटायो। गृह मन्त्रालयले सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा भदौ ७ गते गठन गरेको उच्चस्तरीय छानबिन समितिले घटनाबारे एक महिना अध्ययन गरेको थियो। समितिले प्रहरीले प्रमाण नष्ट गरेको, गोली चलाउनुपर्ने अवस्था नहुँदा पनि गोली चलाएको भन्दै प्रतिवेदन बुझाएको थियो।

प्रहरीले प्रमाण नष्ट गर्नुको कारणसहित अध्ययन गर्न तत्कालीन एआइजी धिरु बस्न्यातको संयोजकत्वमा टोली गठन गरेको थियो। उक्त टोलीको प्रतिवेदनअनुसार सरकारले तत्कालीन प्रहरी उपरीक्षक डिल्ली विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई भविष्यमा अयोग्य नहुनेगरी बर्खास्त गरेको थियो। त्यस्तै डिएसपी अंगुर जिसी र ज्ञानबहादुर सेठीलगायत ६ प्रहरीलाई निलम्बन गरिएको थियो। त्यसपछि प्रमाण नष्ट गरेको भन्दै आठ प्रहरीविरुद्ध निर्मलाकी आमा दुर्गादेवीले उजुरी हालिन्। दिलीप विष्टका दाजु खडक विष्टले भाइलाई प्रहरीले यातना दिएको भन्दै चारजना प्रहरीविरुद्ध उजुरी दिए।

जिल्ला अदालत कञ्चनपुरले फौजदारी अपराध संहिताअनुसार प्रमाण नष्ट गरेको अभियोग र यातनाविरुद्धको अभियोग लागेका प्रहरीहरूलाई धरौटीमा रिहा गरेको थियो। पछि अन्तिम सुनुवाइ गर्दै अदालतले सबै प्रहरीलाई सफाइ दियो। बर्खास्त र निलम्बनमा परेकाहरूको पुनर्बहाली र फुकुवा भएको छ। तत्कालीन आइजिपी सर्बेन्द्र खनालले डिआइजी सुरज केसीको संयोजकत्वमा गठन गरेको पुनरावलोकन छानबिन समितिले तत्कालीन एआइजी बस्न्यातको प्रतिवेदन कार्यान्वयन नगर्न सुझाव दिएको थियो। प्रहरी महानिरीक्षकको सचिवालयले उक्त प्रतिवेदन कार्यान्वयन नगर्न निर्देशन दिएको थियो।

दिलीप विष्टले जस्तै प्रदीप रावल र विशाल चौधरीले पनि पत्यारिलो घटना प्रस्तुत गर्दै आफूले हत्या गरेको बयान प्रहरीलाई दिएका थिए। तत्कालीन आइजिपी खनालकै अगाडि उनीहरूले निर्मलाको हत्या गरेको बयान दिएका थिए। त्यहीबेला उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोख्रेलले निर्मलाको हत्या पत्ता लागिसकेको सार्वजनिक रूपमा घोषणा गरेका थिए। पछि प्रदीप र विशालले पनि आफूहरूलाई प्रहरीले यातना दिएर घटना सकार्न लगाएको बताएका थिए।

आइतबार, साउन १०, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.