धनगढी, १० साउन/बैतडीको खोड्पे जादै गरेका ट्रक दुर्घटनामा परेको छ । अत्तरीयाबाट आउँदै गरेको न५प ८००७ नम्बरको ट्रक कैलालीको चुरे गाउँपालिका –५ स्थित गोपालेमा दुर्घटनामा परेको हो ।
शनिबार राति करिब १ बजेतिरको समयमा सो ट्रक दुर्घटनामा परेको हो । ट्रक अनियन्त्रित भई दुर्घटना भएको बताइएको छ । ट्रक चालक गोदावरी नगरपालिका २ तेघरीका २९ वर्षीय लोकराज भट्टराई र सह चालक बैतडीको पाटन नगरपालिका खोड्पेका अन्दाजी २३ वर्षीय नवीन कुँवर सकुशल रहेका प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
