बझाङ: ७ साउन/ नेपाल पत्रकार महासंघ बझाङ शाखाको बैठक बसेको छ । नेपाल पत्रकार महासंघ बझाङ शाखाका अध्यक्ष शैलेन्द्र रोकायाको अध्यक्षतामा सञ्चालन गरीएको कार्यक्रममा प्रमुख अतिथी नेपाल पत्रकार महासँघ बझाङ्गका सँस्थापक तथा सामुदायिक रेडियो प्रसारक सँग सुदुरपश्चिम प्रदेशका अध्यक्ष जगत खड्रका रहनुभएको थियो ।
जिल्लामा क्रियाशील पत्रकारहरूलाई छनाेट गरि पुरकृत गर्ने भएकाे छ । पत्रकारका गुनासा सुझाब र समसामयिक बिषयमा छलफल गर्ने उदेश्यले बैठक बसेको हो । आज बसेको बैठकले पत्रकारीता पुरस्कार , सरकारी तथा गैरसरकारी र स्थानीय तहसँग समन्वय , खर्च अनुमोदन को बारेमा छलफल गरीएको छ । भने बैठकमा बिभिन्न निणर्यहरु गरेको छ ।
पत्रकारको हौसला बढाउन श्रमजिबी पत्रकारहरुलाई बिभिन्न बिद्यामा पुरस्कार बितरण गरीने भएको छ । आज नै नेपाल पत्रकार महासंघ बझाङ शाखाका सचिब ललित बहादुर सिंहको सँयोजकत्वमा सदस्यमा अाशिष बहादुर सिंह,अशाेक खड्का ,प्रदिप मलासी,तरूणा जाेशी लगायत ५ सदस्यीय छनौट समिति समेत गठन गरीएको छ । जयपृथ्बी बहादुर सिंहको नाम बाट जयपृथ्बी पत्रकारीता पुरस्कार भदौ ७ गते बितरण गर्ने जनाएको छ । भने स्वर्गीय पत्रकार तथा शाखाका सचिव नरेश बहादुर खड्रकाको सम्झनामा नरेश स्मृती पत्रकारीता पुरस्कार भदौ २९ गते बितरण गर्ने नेपाल पत्रकार महासंघ बझाङ शाखाका सचिब ललित सिंहले बताउनुभयो ।
साथै नेपाल पत्रकार महासंघ बझाङ शाखाका अध्यक्ष शैलेन्द्र रोकायाले जन्मदिनको अवसरपारी पत्रकार हितकोषमा ५ हजार समेत जम्म गर्नुभएको छ । कार्यक्रममा शाखाका संस्थापक तथा सामुदायिक रेडियो प्रसारक संघ ( अकाेराव)का सुदुरपश्चिमका अध्यक्ष जगत खड्काले भन्नू भयाे धेरै मेहनत र संघर्षका साथ बझाङ शाखा स्थापना गरि अहिले याे पत्रकारहरूकाे जमात देख्दा खुसि लागेको छ,अागामी दिनमा सम्पूर्ण साथीहरू काे क्षमता अभिबृद्धि र पत्रकार तथा संचारक्रर्मी हरूकाे हकहितकाे लागि अाफु हरपल लागिरहेको र लागिरहने बताउनु भएकाे छ । नेपाल पत्रकार महासंघ बझाङ शाखाले अायाेजना गरेकाे कार्यक्रममा जिल्ला स्थितका पत्रकारहरूकाे पनि गरिमामय परिस्थिति रहेकाे थियाे ।