पनि बेपत्ता भएका छन् । अहिले गाउँपालिकाको कार्यालय तीन जना कर्मचारीले चलाइरहेका छन् । गाउँपालिकाका अहिले शिक्षा अधिकृत विवेक देउवा, स्वास्थ्य शाखा प्रमुख योगेन्द्र शाही र स्वास्थ्य शाखा उप प्रमुख खडकबहादुर धामीले कार्यालय खोलेर सञ्चाल गरिरहेका छन् । प्रमुख प्रशासकीय अधिकृत महेशदत्त भट्ट साउन १ गते नै आफ्नो घर अत्तरिया गइसकेका छन् । उनी साउन ७ गतेसम्म पनि काममा फर्केका छैनन् ।
यस्तै योजना अधिकृत चित्रराज जोशी कैलालीको गौरीगंगा, प्रशासन अधिकृत पाँचौं दीपकराज जैसी धनगढी, सव इञ्जिनियर दानबहादुर पछेरा श्रीमती भेट्न नेपालगन्ज, स्टोर किपर छविराज जोशी अत्तरिया, लेखापाल युवराज भट्ट धनगढी, कानुनी परामर्शदाता हर्कबहादुर चन्द कैलालीको चौमाला, पशु सेवा शाखाका प्रमुख तिलमसिंह साउँदा बोगटान, प्राविधिक सहायक चक्र ऐर धनगढी, महिला तथा बालबालिका शाखा प्रमुख चक्रबहादुर कलेल देवली, खानेपानी तथा सरसफाई टेक्निसियन चक्र देउवा धनगढी, असिस्टेन्ट सव इञ्जिनियर दीपेन्द्र खड्का सिलगढी र स्रोत शिक्षक नवराज जोशी पनि घर बिदामा छन् ।
‘सरहरु बिदामा बाहिर गएका छन्,’ सूचना अधिकारी टोपबहादुर चन्दले भने,‘म भने अफिसको कामले धनगढी गएको थिएँ, त्यहाँ काम नभएर पुनः सिलगढी पुगेको
छु ।’ उनले आफू सामाजिक सुरक्षा भत्ताको कामले धनगढी गए पनि त्यहाँ काम नभएपछि सिलगढी फर्केको बताए । असार मसान्तपछि नेताहरु बजेटको पहल कदमी गर्न बाहिर गएको बताउँदै प्रमुख प्रशासकीय अधिकृत भट्टले भने,‘कर्मचारीहरु केही काम विशेषले धनगढी तथा नेपालगन्ज गएका छन् भने केही घर विदामा छन् ।’
भिडियो हेर्न यहा click गर्नुहाेस
