किशोर तमाङ्ग
पुनर्वास, ७ साउन । कञ्चनपुरको पुनर्वास नगरपालिकामा रहेको पुनर्वास बाल उद्यानको नाम परिवर्तन गरिएको छ ।
नगरपालिकाले २०७४ सालमा आई बी आर डी को मुटुमा रहेको सार्वजनिक स्थलमा केही बजेट विनियोजन गरि पुनर्वास बाल उद्यानको नाममा उक्त स्थल निर्माण गरिएको थियो।
एक्कासि हाल आएर उद्यानको नाम परिवर्तन भएको बारे नेपाली काँग्रेस पुनर्वास नगरपालिका ३का सभापति शुक बहादुर तामाङ्गले आफ्नो फेसबुक स्टाटस मार्फत बिरोध जनाए पछि सबैको ध्यानाकर्षण भएको छ। तामाङले सामाजिक सञ्जाल फेसबुक मार्फत पुनर्बास नगरपालिका ३, आई बी आर डी को मुटुमा स्थापनाकालदेखि पुनर्बास बाल उद्यान नामकरण भई बजारको सौन्दर्यताको रूपमा रहदै आएको बाल उद्यानमा हाल राजनितीकरण गर्दै एकतर्फी रूपमा ब्याक्तीगत हाबिका साथ स्थानीय सरकार पुनर्बास नगरपालिकाले आपनो मनोमानि ढङ्गबाट उक्त पुनर्वास बाल उद्यान को नाम परिबर्तन गरि मदन भण्डारी स्मृति बाल उद्यान राखिएकोमा नेपाली कांग्रेस पुनर्वास नगरपालिका वडा नम्बर ३ को ध्यानाकर्षण भएको छ ।तसर्थ यथाशिघ्रा यस बाल उद्यानको नाम सच्याई पहिलेकै पुनर्वास बाल उद्यान राख्न सम्बन्धित निकायको ध्यान जाओस। अन्यथा नेपाली काँग्रेसले प्रतिपक्षी भुमिकामा उत्रिन बाध्य हुनेछ। जयनेपाल! भनि लिखिएको थियो।
यस बिषयमा स्थानीय सरकार समेत बेखबर छन। २०७४ सालमा निर्माण भएको पुनर्वास बाल उद्यानको नाम परिवर्तन र स्थापना मिति समेत परीर्वतन गरिएको बारे स्थानीय सरकारले अनबिज्ञता प्रकट गरेको छ । बाल उद्यान विकासका लागि बजेट छुट्याईएको भएता पनि नाम परिवर्तन गर्ने भन्ने बारे कुनै निर्णय नभएको नगर प्रमुख जीवन राज थापाले बताउनु भयो । नगरप्रमुख थापाले पुनर्वास बाल उद्यानको नाम परिवर्तन बारे कहिले, किन र कसले गरेको रहेछ सो बारे जाचबुझ गरी सर्वपक्षिय, सर्वदलीय छलफलमा समस्याको समाधान हुन्छ भन्ने जिकिर गर्नुभयो।
उद्यानको मुल गेटमा लेखिएका नाम र स्थापित मिति समेत परीर्वतन गरिएको छ । आफुहरु सँग कुनै छलफल नै नगरि मनोमानी तरिकाले नाम परिवर्तन गरिएको नेपाली काँग्रेसका नगर सभापति यम प्रसाद पौडेलले बताउनु भयो ।
सर्ब पक्षीय छलफल पछि मात्र नामाकरण गरिनु पर्नेमा केही ब्यक्तिबाट एकलौटी रुपमा मनोमानि ढङ्गबाट नाम परिवर्तन गरेकोमा नेपाली काँग्रेसले यथाशिघ्रा सच्याउन आग्रह गरेको छ ।सर्बदलिय छलफल गरि तुरुन्त नाम नसच्चिए नेपाली काँग्रेसले उद्यानको मुल गेटमा पेन्ट गरि पुरानै नाम पुनर्वास बाल उद्यान लेखिदिने नेपाली काँग्रेस वडा ३का सभापति शुक बहादुर तामाङ्गले बताउनुभयो।