धनगढी ४ साउन/वडा प्रहरी कार्यालय धनगढीका प्रमुख, प्रहरी निरीक्षक हेमराज भट्टको सरुवा भएको छ। प्रमुख भट्टको सरुवा भएको कैलाली प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए। भट्टले आजै रमाने लिने उनले बताए।
जिल्ला प्रहरी कार्यालय कैलालीको मातहतमा रहेको वडा प्रहरीका प्रमखु रहेका भट्टको संघीय प्रहरी इकाई महेन्द्रनगरमा सरुवा भएको हो। उनको स्थानमा प्रहरी तालिम केन्द्र दीपायलबाट प्रहरी निरीक्षक गौरीशंकर जैशी आउने भएका छन्।
प्रहरी निरिक्षक भट्टको धनगढीमा रहदा शान्ति शुरक्षा कायममा अहम भुमिका खेलेको भन्दै धनगढी जेसिसले सम्मान सहित बदाई कार्यक्रम समेत गरेको छ । धनगढी सेसजिका अध्यक्ष कमल पनेरुको अध्यक्षतामा भएको बिदाई कार्यक्रमा भट्ट धनगढी बसाईका क्रममा कामप्रतिको चर्चा समेत गरेका थिए ।
