• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

‘कैलाली प्रहरीले ‘हाम्रो प्रहरी, सँग हामी’ कार्यक्रम सुरु गर्दै

धनगढी, ३ साउन/कैलाली प्रहरी जनतासँगको सम्बन्ध थप प्रगाढ बनाउन नयाँ कार्यक्रम ल्याएको छ । जिल्लामा भर्खरै सरुवा भएर आएका प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले यस्तो कार्यक्रम ल्याएका हुन् । उनले जनतासँगको सम्बन्ध थप प्रगाढ बनाउन यस्तो कार्यक्रम ल्याएको पत्रकार भेटघाट कार्यक्रम गरी सार्वजनिक गरेका हुन् ।

उनले कैलालीमा लागुऔषध कारोबारीहरु पनि विशेष निगरानीमा रहने बताएका छन् । ‘लागुऔषधले गर्दा अपराधका घटना बढाएको छ’, उनले भने, ‘जिल्लाका १३ वटै प्रहरी युनिटहरुमा विशेष निगरानी बढाइनेछ ।’ लागुऔषध नियन्त्रणका लागि ‘भविष्य बचाउ’ भन्ने मूल नाराका साथ अगाडि बढ्ने उनले बताए ।

उनले समाजमा अपराधजन्य घटना न्यूनीकरणका लागि समुदायको सहयोग र सहकार्य रहने अपेक्षा व्यक्त गरे । एसपी अधिकारीले प्रहरीमा बिचौलियाहरुलाई निषेधको नीति लिइने बताए । प्रहरीसँग आएका गुनासा र समस्याका बारेमा आफू गम्भीर रहेको उनले उल्लेख गरे ।

अधिकारीले सबै पक्षसँगको सहकार्यमा जिल्लामा शान्ति सुरक्षा कायम गर्न प्रतिबद्ध रहेको बताए । ‘कैलाली सुदूरपश्चिमको राजधानी भएकाले पनि जिल्लालाई हरेक हिसाबले नमुना बनाउन उत्कृष्ट काम गर्ने प्रयास मेरो रहनेछ,’ प्रहरी उपरीक्षक अधिकारीले भने, ‘हामी नागरिकको प्रहरी भएकाले यहाँका प्रत्येक नागरिकमा सोही खालको भावना रहनेछ भन्नेमा विश्वस्त छौँ ।’

उनले बढ्दो सवारी दुर्घटना, जघन्य अपराध नियन्त्रण गर्न आफ्नो पहिलो प्राथमिकता रहने बताउँदै त्यसका लागि हरेक नागरिकले प्रहरीलाई सहयोग गर्नेमा आशावादी रहेको बताए । एसपी अधिकारी प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनालय अंगरक्षक गण नक्सालबाट सरुवा भएर कैलाली प्रहरीको नेतृत्व सम्हालेका हुन् ।

आइतबार, साउन ०३, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.