धनगढी, ३ साउन/धनगढी उप–महानगरपालिका वडा नं १७ पथरीमा बृहत बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।उप–महानगरपालिका वडा कार्यालयको आयोजनामा बृक्षारोपणको आयोजना गरिएको हो । पथरी र गोदावरीको धनचौरी जोड्ने झोलुङ्गे पुलको पथरी तर्फको बाटो छेउछाउमा बृक्षा रोपण गरिएको थियो ।
बृक्षा रोपण कार्यक्रममा नगरप्रमुख नृपबहादुर वड, वडा नं १७ का अध्यक्ष माधवराज राना, धनगढी उप–महानगरपालिकाका प्राविधीकहरु र स्थानीय बासिन्दाहरुको सहभागिता रहेको थियो । नगरप्रमुख वडले उपमहानगरपालिकाले बृक्षारोपण कार्यक्रमलाई अभियानकै रुपमा संचालन गरिएको बताए ।
