काठमाण्डौ २ साउन/नेपालमा एक हजार आठ सय ७५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार साँझ सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घन्टामा पिसिआर परीक्षणमा एक हजार तीन सय १० र एन्टिजेन परीक्षणमा पाँच सय ६५ जनामा संक्रमण देखिएको हो ।
यो अवधिमा ६ हजार आठ सय ५८ पिसिआर परीक्षण र तीन हजार दुई सय आठ एन्जिटेन परीक्षण भएको थियो ।शनिबार दुई हजार एक सय ६४ जना संक्रमित निको भएका छन् । हालसम्म ६ लाख ३० हजार चार सय सातजना संक्रमणमुक्त भएका छन् । नेपालमा निको हुने दर ९४।७ प्रतिशत रहेको छ । पछिल्लो २४ घन्टामा २१ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुने संक्रमितको संख्या नौ हजार पाँच सय २७ पुगेको छ ।
