• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

दार्चुलामा थुनिएको नौगाडको बाध नखोली फर्किए सुरक्षाकर्मी

दार्चुला २ साउन/दार्चुलाको नौगाड गाउँपालिका–३ स्थित खार खोला र नौगाड नदी दोभानमा पहिरो खसेर बहाव थुनिएपछि बनेको ड्याम  बाँध खोल्न सदरमुकामबाट गएको सुरक्षाकर्मीको टोली कामै नसकी फर्किएको छ । असार २५ गते आएको बाढीपहिरोले नदी दोभानमा पहिरो खसेर नदीको बहाव रोकिएर ड्याम बनेको थियो ।तीन दिनपछि बाँध खुलाउन सदरमुकामबाट सुरक्षाकर्मीको टोली नौगाड गएको थियो ।

दार्चुलाको नौगाड गाउँपालिका–३ स्थित खारखोला र नौगाड नदीको दोभानमा बनेको बाँध खोल्दै स्थानीय र सुरक्षाकर्मी । तस्बिर स् मनोजरकान्तिपुर
बिहीबारसम्म बाँधमा जम्मा भएको पानीको मात्रा घटे पनि शुक्रबार पानी परेपछि बढ्दै गएको खारका स्थानीय प्रेमसिंह ठगुन्नाले बताए । खार खोला थुनिएर एक सय मिटर चौडाइ र करिब चार सय मिटर लम्बाइको ड्याम बनेको छ । ड्यामका कारण नजिकै रहेको बस्ती जोखिममा रहेको ठगुन्नाले बताए । ‘ठ्याक्कै ड्यामनजिक १८र२० घरपरिवार जोखिममा छन्,’ उनले भने, ‘तल्लो क्षेत्र त जोखिम नै भयो, ड्याम आफैं फुट्यो भने धुलिगडा, देथलासम्म नदी किनारका बस्तीमा बाढीको जोखिम छ ।’

नदी किनारबाट स्थानीयसहित जिल्लाबाट आएका सुरक्षाकर्मीले बाँधको एकतर्फको पानी खोलेको थियो । दुईरतीन दिन पानी नपर्दा बाँधको पानी घट्दै गएको थियो । ‘शुक्रबार बिहानैबाट पानी पर्न थालेपछि बाँधमा पानी बढेको छ,’ ठगुन्नाले भने, ‘सुरक्षाकर्मी र स्थानीय मिलेर बाँधको केही भाग खुलाइएको थियो । नौगाड नदीमा पानीको मात्रा बढेपछि ड्याम बढ्दै गइरहेको छ ।’ ५/६ दिनसम्म स्थानीय र सुरक्षाकर्मीले बाँध खोल्ने प्रयास गरेका थिए । पूरै ड्याम खोल्न नसकिएपछि सुरक्षाकर्मीहरू फर्केका हुन् । नदीको दोभानमा करिब तीन सय मिटर लामो बाँध बनेपछि एस्क्काभेटेर वा डोजर प्रयोग गर्न सके ड्याम पूरै खोल्न सकिने ठगुन्नाको भनाइ छ ।

खारखोलाको आसपास खसेको पहिरोले नौगाड नदी र खारखोलाको दोभानमा चुच्चो भएको लामो बाँध बनेको छ । उक्त बाँधको ६० मिटर लम्बाइ, १८ मिटर चौडाइ ६\७ फिट गहिराइमा नदी खोलिएको छ । बाँध बनेको नदीको एक छेउबाट पानी निकासा हुने गरी खोलिएको हुनाले अहिले तल्लो क्षेत्रमा जोखिम नरहेको दार्चुलाका प्रहरी प्रमुख डीएसपी मनोहरप्रसाद भट्टले बताए । ‘नदीको पानी बग्ने बनाएपछि सुरक्षाकर्मीको टोली बिहीबार सदरमुकाम फर्केको हो । पानीको निकास भएकाले नदी एकै पटक बग्ने नदेखिएकाले बाँधबाट हुने जोखिम टरेको छ,’ उनले भने, ‘उक्त बाँध एकै पटक खोले नौगाडसँगै चौलानी नदी तटीय क्षेत्रमा खतरा हुन सक्थ्यो । पानीको निकास भइसकेकाले जोखिम हटेको छ ।’

बाढीले खार र जामिर जोड्ने झोलुंगे पुल बगाएपछि स्थानीयलाई हिँड्न बाटोको समस्या थियो । उक्त क्षेत्रमा बाँध खुलाउन गएको टोलीले काठको पुल निर्माण गरेकाले अस्थायी बाटो बनेको डीएसपी भट्टले बताए । ठगुन्नाका अनुसार पूरै बाँध नखोलिएकाले बाँधनजिक घर भएका हरकसिंह ठगुन्ना, दलजित ठगुन्ना, मानसिंह ठगुन्ना, गणेश ठगुन्ना र रामसिंह ठगुन्ना विस्थापित छन् । उनीहरू दिनमा काम गर्न जाने र राति आफन्तको घरमा जाने गरेको उनले बताए । बाँध आसपास बस्तीका १८र२० परिवार डुबानको जोखिममा छन् । बाँकी परिवार जोखिम मोलेर बसेका छन् ।

मनोज बडु,कान्तिपुर दैनिकबाट

शनिबार, साउन ०२, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.