काठमाण्डौ १ साउन/सशस्त्र प्रहरीका १५ जना डीएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस गरिएको छ। बढुवा समितिको बिहीबारको बैठकले सिफारिस गरेको सूची सशस्त्र प्रहरीले सार्वजनिक गरेको हो।
डीएसपीहरू राजेन्द्र अधिकारी, ज्ञानप्रसाद भुर्तेल, गोपी चन्द, अम्मरबहादुर ऐर, लेखानाथ खनाल, जीवनबहादुर केसी, चेतसिंह थापा बढुवाका लागि सिफारिस भएका छन्।
यस्तै अच्युत कुमार मजगैया, त्रिभुवन विष्ट, सुनिल केशरी, राजेन्द्रकुमार श्रेष्ठ, मनहरी कुइकेल, सुशिल सुवेदी, विमल डाँगी र धनबहादुर सिंह बढुवाका लागि क्रमशः सिफारिस भएका छन्। सिफारिसमा परेका विरुद्ध ७ दिनभित्रमा उजुरी गर्ने समय दिइएको छ।