• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

नेपालले महिला भलिबल च्याम्पियनसिप नखेल्ने

काठमाडौं १ साउन/ नेपाली राष्ट्रिय महिला भलिबल टोलीले फिलिपिन्समा भदौ १३ देखि १८ सम्म आयोजना हुने भनिएको एभिसी सिनियर महिला भलिबल च्याम्पियनसिपमा सहभागिता नजनाउने भएको छ ।एभिसीले शुक्रबार सार्वजनिक गरेको समूह तालिकामा ८ टोलीको मात्र सहभागिता रहने भएको छ । समूह ए मा आयोजक फिलिपिन्स, कजकास्तान, उज्बेकिस्तान र चाइनिज ताइपेइ छन् । समूह बी मा थाईल्यान्ड, दक्षिण कोरिया, इरान र अष्ट्रेलिया छन् ।

सुरुवातमा १७ टोली सहभागी हुने भनेपनि ५ टोलीले नाम फिर्ता लिएपछि १२ टोलीको नाम पक्का भएको थियो । तर एभिसीले सार्वजनिक गरेको खेल तालिकामा नेपाल, भारत, हङकङ र जापानको नाम रहेको छैन । कोरोना संक्रमणका कारण नै यी देशहरु सहभागी नभएको बुझिएको छ ।नेपालले अघिल्लो साता मात्र प्रारम्भिक टोलीमा ३० खेलाडीबाट ९ खेलाडीलाई बाहिर राख्दै संघले १८ सदस्यीय टोली घोषणा गरेको थियो । केहि साता प्रशिक्षण गरेपछि १२ सदस्यीय अन्तिम टोलीको घोषणा हुने तयारी थियो । टोलीले झन्डै एक महिना प्रशिक्षण गरेपछि सहभागिता नहुने भएको हो ।

च्याम्पियनसिपमा सहभागी हुनका लागि प्रशिक्षणको सुरुवातदेखिनै संघले करिव १ करोड ५० लाख खर्च हुने अनुमान गरिएको थियो । यसका लागि संघले राष्ट्रिय खेलकुद परिषद राखेप लगायत सहयोगी संस्थाहरुसँग आर्थिक सहयोग माग्दै आफै पनि च्याम्पियनसिपको लागि आर्थिक रकम जुटाउन लागेको थियो ।

एसियन च्याम्पियनसिपका लागि संघले गत चैतमा आयोजना भएको पाँचौ आरबिबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप २०७७ को प्रदर्शनलाई आधार मान्दै संघकी उपाध्यक्ष निरोज मास्के संयोजक तथा राखेप मुख्य प्रशिक्षक प्रज्वल बहादुर सिंह र महिला टोलीका मुख्य प्रशिक्षक जगदीश भट्ट सदस्य रहेको तीन सदस्यीय समितिले ३० खेलाडी छनोट गर्दै बन्द प्रशिक्षणमा बोलाएको थियो ।

बन्द प्रशिक्षणमा डाकिएका मध्ये पुलिसका तीन खेलाडी पुनम चन्द, कामना विष्ट र शान्तिकला तामाङ० आधारभुत तालिममा रहेको भन्दै नेपाल पुलिस क्लबले प्रशिक्षणमा सहभागी गराएन । टोलीलाई मुख्य प्रशिक्षक जगदिश भट्ट, प्रशिक्षक कुमार राई, भरत यादवसँगै अन्जु श्रेष्ठले प्रशिक्षण दिइरहेका थिए । टोलीमा उज्ज्वल डोटेल फिजियोको भूमिकामा थिए भने व्यवस्थापक निरोज मास्केले भने पदबाट राजिनामा दिइसकेकी थिइन् ।

नेपाल पहिलोपटक एसियन महिला सिनियर भलिबल च्याम्पियनसिप खेल्ने तयारीमा थियो । यसअघि अन्तिम समयमा यसअघिका आयोजक रहेका चीन, इन्डोनेसिया, श्रीलंका, भियतनाम र न्यूजिल्यान्डले नाम फिर्ता लिएका थिए ।

शुक्रबार, साउन ०१, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

धनगढी कोरा २०२६’ आयोजना साउन २ गते हुँदै
‘सुदूरपश्चिम स्पोर्ट्स अवार्डको’ मुख्य प्रायोजक एसपीए
एनपीएलको तेस्रो सिजनका लागि सुदूरपश्चिम रोयल्सले सात जना खेलाडीलाई रिटेन गर्याे

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.