• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

म्याराडोना भन्दा मेस्सी सफल

एजेन्सी – अर्जेन्टिनाले २८ वर्षपछि यसपटक कोपा अमेरिकाको उपाधि जितेको थियो । मुख्य प्रतिद्वन्द्विका रुपमा लिइने ब्राजिललाई फाइनलमा १–० ले हराउँदै अर्जेन्टिनाले यसपटकको उपाधि जितेको थियो ।

अर्जेन्टिनाको त्यो १५ औं कोपा अमेरिका उपाधि हो । मुख्यतः अर्जेन्टिनी सुपर स्टार कप्तान लिओनल मेस्सीका लागि त्यो उपाधि बढी स्मरण गरिनेछ । उनले अर्जेन्टिनाका लागि जितेको त्यो पहिलो उपाधि थियो । झन्डै २ दशक लामो खेल जीवनमा क्लबमा फुटबलमा सबै खाले उपलब्धी हासिल गरिसकेका मेस्सीले अर्जेन्टिनालाई सफलता दिलाउन भने लामो प्रतीक्षा गर्नु परेको थियो ।

मेस्सीको कप्तानीमा अर्जेन्टिनाले कोपा अमेरिका जित्दा उनका लागि व्यक्तिगत रुपमा पनि विशेष बन्यो । प्रतियोगिताको सुरुवातदेखि अन्त्यसम्म मेस्सीको टोलीको प्रदर्शनमा प्रभाव पार्न सफल रहे । टोलीले यसपटक गरेका १२ गोलमध्ये ९ गोलमा मेस्सीको भूमिका रह्यो ।मेस्सीले खेलेको कोपा अमेरिकाको यो छैटौं संस्करण हो । छ संस्करण खेल्ने कुनै पनि अर्को खेलाडीले त्यो कीर्तिमान बनाउन सकेका छैनन् । यसपटक मात्र उनले ४ गोल गर्नुका साथै ५ असिस्ट पनि गरे । समग्रमा ६ संस्करणमा ३४ खेल खेलेका उनले १३ गोल र १७ असिस्ट गरेका छन् ।

अर्जेन्टिनाका महान डिएगो म्याराडोनासँग तुलना गर्दा कोपा अमेरिकामा तथ्याङ्कका आधारमा मेस्सी बढी सफल देखिन्छन् । म्यारोडोनाले कोपा अमेरिकाका ३ संस्करण खेलेका थिए । जसमा उनी उपाधि जित्न असफल रहे । तीन संस्करणमा म्याराडोनाले १२ खेल खेलेका थिए । उनले १२ गोल गरे भने कुनै पनि गोलमा असिस्ट गरेनन् ।

शुक्रबार, साउन ०१, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

धनगढी कोरा २०२६’ आयोजना साउन २ गते हुँदै
‘सुदूरपश्चिम स्पोर्ट्स अवार्डको’ मुख्य प्रायोजक एसपीए
एनपीएलको तेस्रो सिजनका लागि सुदूरपश्चिम रोयल्सले सात जना खेलाडीलाई रिटेन गर्याे

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.