धनगढी, १८ असार
नेपाल शिक्षक महासंघ धनगढी नगरसमितिले कोरोना खोप पाउनुपर्ने लगायत बिभिन्न माग राख्दै नगरप्रमुखलाई ज्ञापनपत्र बुझाएको छ ।
शुक्रवार नेपाल शिक्षक महासंघ नगर समितिका प्रतिनिधी लगायत शिक्षकको नेतृत्वले धनगढी उप–महानगरपालिकाका नगरप्रमुख नृपबहादुर वडलाई ज्ञापनपत्र बुझाएका हुन । नेपाल शिक्षक संघ कैलालीका निवर्तमान अध्यक्ष भूपाल सिंह खड्काले शिक्षकहरु अग्रपंतीमा खटिएर काम गर्ने भएकाले अनिवार्य कोरोना खोप लगाउने ब्यबस्था गरिनुपर्ने, नगरका नीजि श्रोतका शिक्षकहरुलाई नगरशिक्षकको रुपमा ब्यबस्थापन गरिनुपर्ने, शिक्षकहरुले नीजामती कर्मचारी सरह प्रोहत्साहन भत्ता पाउनुपर्ने र शिक्षकको तलवभत्ता मासिक रुपमा निकासा गरिनुपर्ने माग राखेर ज्ञापनपत्र बुझाएको बताए । उनले भने, देश ब्यापीरुपमा आन्दोलनका कार्यक्रम रहेपनि धनगढी नगर समितिले त्यसका अतिरित्त छुट्टै ४ वटा माग राखेको हो ।,
धनगढी उप–महानगरपालिकाका नगरप्रमुख नृपबहादुर वडले शिक्षक महासंघका मागहरु सम्बोधनका लागि प्रयास गरिने बताए । शिक्षकहरुलाई कोरोना खोप लगाउने कुरा सुरु गरिसकेका छौं नगरप्रमुख वडले भने, ‘अरु माग पुरा गर्नका लागि कानुन बनाउनुपर्छ चाडै प्रकृया अगाडी बढाउँछौं ।’