भोज भन्नी
मसुरिया ११ असार
कोरोना भाइरस दोश्रो माहामारीले निषेधाज्ञाका कारण समस्यामा परेका व्यक्तिहरुलाई गौरीगंगा ११ स्पोर्ट्स क्लबले जेठ ५ गतेदेखि संचालन गरिएको हेल्प डेस्क अभियान शुक्रवार स्थगित गरेको छ ।
जिल्ला प्रशासन कार्यालय कैलालीले निषेधाज्ञा खुकुलो गरेसँगै सहजता भएपछि ३८ सम्म संचालन गरिएको हेल्प डेस्क सेवा स्थगित गरिएको हो ।
निषेधाज्ञा कारण आवत जावत गर्न समस्या परेका बिरामीहरुलाई बाच्न र बचाउनको लागि गरिएको हेल्प डेस्क अभियानले आपतकालीन एम्बुलेन्स र निशुल्क अटो एम्बुलेस सेवा संचालन गरि २३ जना कोरोना भाइरस संक्रमित विरामी सयौं जना विभिन्न बिरामीलाई अस्पतालसम्म पुरयाउने काम,महेन्द्र राजमार्ग र बजारमा मास्क नलगाई हिड्ने व्यक्तिलाई मास्क वितरण र परामर्श सेवा दिएको क्लबका अध्यक्ष दिनेश कलेलले बताए ।
कोरोना भाइरस बिरुद्ध स्वास्थ्य संस्थामा वृद्धहरुलाई खोप संचालन गरिएको ठाउँसम्म पुरयाउन समेत अटो एम्बुलेन्स व्यवस्थापन गरिएको थियो ।कार्यक्रममा समाजसेबी दिपेन्द्रले गिरीले क्लबले कोरोना भाइरसको कारण निषेधाज्ञाको कारणले डरको अबस्थामा पनि अग्र पंक्तिमा प्रत्यक्ष खटेर सामाजिक कार्यमा उदाहरणीय कार्य र प्रेरणा दिएको वताए ।
क्लबका अध्यक्ष दिनेश कलेलको सभापतित्वमा सम्पन भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी गौरीगंगा तदर्थ समितिका सचिब भोज बहादुर मन्नी,नेपाल पत्रकार महासंघका सहसचिव दिनेश दहित,मंगल युवा क्लबका अध्यक्ष चन्द्र बम र तेज बमले कोरोरना भाइरस माहामारीले समाजसँग डराएर बस्नुपर्ने अबस्थामा पनि क्लबले गरेको मानबीय सेवाको प्रशंसाको बारेमा बोलेका थिए ।
