धनगढी ७ असार/ कैलालीमा जारी निषेधाज्ञा थप एक साता लम्बिएको छ । निषेधाज्ञाको स्वरूप परिवर्तन गरि थप एक साता निषेधाज्ञा लम्वाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी जोशीले जानकारी दिए ।
कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि कैलालीको स्थानीय प्रशासनले बैशाख १६ गतेदेखि क्रमिक रुपमा निषेधाज्ञा थप्दै आएकोमा अब असार१५ गतेसम्म निषेधाज्ञा लम्बाईएको हो । कैलालीमा अब निजी सवारी साधनमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरिएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले असार ८ गतेबाट लागु हुने गरी जोर बिजोर प्रणाली लागु गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी जोशीले जानकारी दिए ।