• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

भारतले सडक खन्दा दार्चुलाका ११० परिवार पहिरोको जोखिममा

दार्चुला १ असार/भारतले बम विस्फोट गरी सडक निर्माण गर्दा सुदूरपश्चिमको दार्चुलामा ४ गाउँ पहिरोको उच्च जोखिममा परेका छन् । धारचुला–लिपुलेक सडक विस्तारको क्रममा खसेको पहिरोले महाकाली नदीमा थुनिएर नेपालतर्फ कटान हुँदा गाउँपालिकाको दुम्लिङ, तल्लो दुम्लिङ, चौरा र बिजगाउँ जोखिममा परेको गाउँपालिकाले जनाएको छ ।

व्याँस गाउँपालिका वडा नं २ का वडाध्यक्ष धिरन बुढाथोकी भारतले सडक विस्तार गरेकै कारण नेपालतर्फको ती बस्तीहरु जोखिममा परेको बताउँछन् । उनका अनुसार पारिको बाटो बिस्तारका कारण नेपाल तर्फको ११० परिवार विस्थापित हुने अवस्थामा पुगेका छन् भने २१०० परिवार प्रभावित भएका छन् ।गाउँपालिका प्रमुख दिलीप बुढाथोकीले वडा नं २ को सो क्षेत्र जोखिममा रहेको भन्दै महाकालीमा तटबन्ध निर्माणका लागि तारजालीको माग गरेका छन् । प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीका अनुसार बुढाथोकीले ४ गाउँ जोखिममा रहेको भन्दै त्यसको सुरक्षाको प्रबन्ध मिलाउन माग गरेका हुन् ।

गत साता धारचुला–लिपुलेक सडकखण्ड विस्तारका लागि पहाडमा भारतीय भूभागमा गरेको सडक विस्तारकै कारण नेपालतर्फको बाटोमा क्षति पुगेको थियो । बाटो विस्तारको क्रममा उछिट्टिएर आएको चट्टानले नेपालतर्फको बाटो अवरुद्ध पा¥यो । वडाध्यक्ष बुढाथोकीले दिएको जानकारी अनुसार पारिको चट्टान उछिट्टिएर दुम्लिङ–कुञ्जुङ गाउँ जोड्ने सडकमा बज्रिएको थियो । जसका कारण उक्त बाटो पूर्ण रुपमा अवरुद्ध भएको हो ।दार्चुलाको व्याँस गाउँपालिका वडा नं २ र भारतको धारचुला सीमा जोडिएको क्षेत्र हो । भारतले हाल धारचुला– लिपुलेक सडकखण्ड विस्तार गरिरहेको छ । सो क्रममा दुम्लिङ र कुञ्जुङ गाउँ जोड्ने बाटो पूर्ण रुपमा क्षति भएको छ । २० मिनेटमा पुगिने बाटो क्षति भएपछि अहिले ३ घण्टा हिँडेर अर्कै बाटोबाट जानुपरेको व्यास गाउँपालिका– २ का अध्यक्ष बुढाथोकीले जानकारी दिए ।

सो क्षतिको विवरणसहित दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले धारचुला जिल्लाका डिस्ट्रिक मेजिस्ट्रेट आनन्द स्वरुपलाई पत्र लेखेर नेपालतर्फ क्षति नहुने गरी सडक विस्तार गर्न आग्रह गरेका छन् । तर एक साता पुग्नै लाग्दा पनि यो क्षेत्रमा भारतीय पक्षले निर्माण रोकेको छैन । भारतबाट पत्रको जवाफ पनि नआएको प्रमुख जिल्ला अधिकारी जोशीले जानकारी दिए ।
अनलाईनखबरबाट

मङ्गलबार, असार ०१, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.