धनगढी: बाजुराको सदरमुकाम मार्तडीमा ९८ हजार ३ सय २५ नगदसहित ६ जना जुवाडे पक्राउ परेका छन्।
सोमबार साँझ मार्तडी बजारको तुफानडाडाबाट जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरी निरीक्षक धनदेव साउँदले बताए।
उनीहरु सबै मार्तडीका व्यापारीहरु रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। उनीमाथि थप अनुुन्धान गरिहेको प्रहरीले जनाएको छ।
