• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

स्पेन स्वीडेनसँग बराबरीमा रोकियो

एजेन्सी – युरोपेली च्याम्पियनसिप अन्तर्गत समूह ई को खेलमा स्पेन स्वीडेनसँग गोलरहित बराबरीमा रोकिएको छ । स्पेनका फरवार्डको कमजोर प्रदर्शनसँगै स्वीडिस गोलरक्षकले एकपछि अर्को बचाउ गर्दा स्पेनले ३ अंक जोड्न सकेन ।स्पेनिस मिडफिल्डर कोकेले खेलको सुरुवाती समयमा नै दुई अवसरको सदुपयोग गर्न सकेनन् । दुवै अवसरमा उनको प्रहरले पोस्टको दिशा लिन सकेको थिएन । २३ औं मिनेटमा उनले पहिलो टचमा नै गरेको प्रहार आकसिंदा स्पेन अघि बढ्न सकेन ।

खेलको ३९ औं मिनेटमा मोराटाले स्पेनलाई अग्रता दिलाउने सुवर्ण अवसर गुमाए । जोर्डी अल्बाले दिएको चिप पासलाई स्वीडेनका ड्यानीएल्सनले क्लियर गर्न नसक्दा पेनाल्टी क्षेत्र भित्र वन भर्सेस वनको स्थितिमा मोराटा गोल गर्नबाट चुकेका थिए ।४१ औं मिनेटमा इसाकको प्रहार पोस्टमा लाग्दा स्पेन खेल बराबरीमा राख्न सफल रहयो । एलेक्जेन्डर इसाकको प्रहारलाई मार्कोस लोरेन्टेले गोललाइनबाट क्लियर गर्दा उक्त बल पोस्टमा लाग्दै गोलरक्षक उनाइ सिमोनको हातमा पुगेको थियो ।

६१ औं मिनेटमा स्विडिस फरवार्ड मार्कस बर्ग सहज अवसरमा चुक्दा स्वीडेन खेलमा अघि बढ्न सकेन । एलेक्जेन्डर इसाकले पेनाल्टी क्षेत्रभित्र तीन डिफेन्डरको चुनौती पार गर्दै दिएको लो क्रसलाई फार पोस्टमा बर्गले ट्याप इन गर्नबाट चुकेका थिए ।खेलको अन्तिम मिनेटमा जेरार्ड मोरेनोको हेडरलाई गोलरक्षक रोबिन ओल्सनले उत्कृष्ट बचाउ गर्दै खेल बराबरीमा कायम राखे । उनले खेल अवधिभर स्पेनको आक्रमणलाई निस्तेज पार्ने क्रममा उत्कृष्ट प्रदर्शन गरेका थिए । इन्ज्युरी समयको अन्तिम मिनेटमा जोर्डी अल्बाको क्रसमा सराबियाले राम्रो प्रहार गर्न नसक्दा गोलरक्षक ओल्सनले सहज बचाउ गर्न सफल भएका थिए ।

स्पेनले खेलको अन्तिम २५ मिनेटका लागि आक्रामक परिवर्तन गरेपनि गोल निकाल्न भने सकेन । स्वीडेनले भने अन्त्यतिर खेलमा रक्षात्मक रणनीतिका साथ बराबरी गर्ने सुर कसेको थियो ।यस बराबरीसँगै स्पेन र स्वीडेनले पहिलो खेलमा अंक बाँडेका छन् । समुहमा स्लोभाकिया ३ अंक जोड्दै शीर्ष स्थानमा छ भने अंकविहिन पोल्यान्ड पुछारमा रहेको छ ।

त्यसअघि समूह ई कै पहिलो खेलमा स्लोभाकियाले पोल्यान्डमाथि जित दर्ता गरेको थियो । १० खेलाडीमा सिमित पोल्यान्डलाई स्लोभाकियाले २(१ ले स्तब्ध पारेको थियो ।खेलको १८ औं मिनेटमा स्लोभाकियाले आत्मघाती गोलको सहाराले अग्रता लिएको थियो । रोबर्ट म्याकले बायाँ विंगमा उत्कृष्ट मुभ बनाउँदै पेनाल्टी क्षेत्र भित्रसम्म आएर गरेको प्रहार गोलमा परिणत भएको थियो । गोलरक्षक वोजचिएक सेचेज्नीले बल बचाउने प्रयास गर्दा उनलाई लाग्दै बल गोल भएको थियो ।

दोस्रो हाफको पहिलो मिनेटमा नै पोल्यान्डले बराबरी गोल फर्काउन सफल रह्यो । मासिए रिबसको पासलाई क्यारोल लिनेतिले सहजै गोल गर्दै खेल बराबरीमा ल्याए । खेलमा पकड जमाउँदै अग्रता लिने सुरमा कस्सिएको पोल्यान्ड ६२ औं मिनेटमा १० खेलाडीमा समेटियो । मिडफिल्डर ग्रेगोर्ज क्रिकोवियकले दोहोरो पहेंलो कार्ड पाएपछि टोली पुनस् दबाबमा परेको थियो ।

६९ औं मिनेटमा स्लोभाकियाले फेरी अग्रता लियो । कर्नरमा आएको बललाई डिफेन्डर मिलान स्क्रिनियारले गोलमा परिणत गरे । पेनाल्टी क्षेत्रभित्र कर्नरको पासलाई नियन्त्रणमा लिँदै उनले डिफेन्डरहरुको बीचबाट गोल गरेका थिए । खेलको अन्तिम समयतिर पोल्यान्डले एकपछि अर्को आक्रमण गरेपनि गोलरक्षक मार्टिन डुब्राभ्काले लगातार बचाउ गर्दै टोलीलाई जित दिलाए ।

यस जितसँगै स्लोभाकियाले समूहमा तीन महत्त्वपूर्ण अंक जोडेको छ । यसै समूहको अर्को खेलमा आज स्विडेन र स्पेन भिड्दैछन् ।सोमबार नै भएको खेलमा चेक रिपब्लिकले स्कटल्यान्डलाई २–० ले पराजित गर्यो । ह्याम्प्डेन पार्क ग्लास्गोमा सोमबार राति भएको खेलमा चेकको जितमा सिकले दुई गोल गरे । प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलमा दुवै टोलीले खेलको सुरुवातदेखि नै आक्रमक फुटबल खेलेका थिए ।१६औं मिनेटमा जाकुव जान्कटोको पासमा प्याट्रिक शिकको प्रहारलाई स्कटल्यान्डका गोलरक्षक डेभिड मार्सलले बचाए । १८औं मिनेटमा एन्ड्रिउ रोबर्टसनको पासमा लेन्डन डेकेसको प्रहार पोस्ट नजिकैबाट बाहिरिदा स्कटल्यान्ड अग्रता लिनबाट चुक्यो । ४२औं मिनेटमा प्याट्रिक शिकले गोल गर्दै चेकलाई अग्रता दिलाए । कर्नरबाट आएको बललाई स्कट म्याकटोमिनेले ब्लक गरेपनि भ्लादिमिर कोउफलले गरेको क्रसलाई प्याट्रिकले हेडरमार्फत गोल गर्न सफल भएका थिए ।

४७औं मिनेटमा प्याट्रिककै प्रहारलाई गोलरक्षक मार्सलले विफल पारे । लगत्तै ४८औं मिनेटमा एन्ड्रिउ रोबर्टसनको प्रहार क्रसबारमा लागेर बाहिरिदा २३ वर्षपछि ठुलो प्रतियोगिता खेलिरहेको स्कटल्यान्ड बराबरीबाट चुक्यो । लगत्तै रोबर्टसनकै पासमा थोमस कालासले राम्रोसँग क्लियर हुन नसकेको बललाई चेकका गोलरक्षक थोमस भाक्लिकले पञ्च गर्दै बचाउँदा स्कटल्यान्ड बराबरीबाट चुक्यो ।

५२औं मिनेटमा प्याट्रिकले दर्शनीय दोस्रो गोल गर्दै चेकको अग्रता दोब्बर पारे । थोमस सौउसेकले काउन्टर अट्याकमा फालेको पासमा ज्याक हेन्ड्रीले गल्ती गरेपछि प्याट्रिकले मैदानको मध्यभागबाटै गोलरक्षक अघि बढेको अवस्थामा गरेको लामो प्रहारले जाली चुमेको थियो । गोलरक्षक मार्सलले बचाउने प्रयास गरेपनि सफल भएनन् ।६१औं मिनेटमा आम्सट्रङले अवसर गुमाउदा स्कटल्यान्डले गोल अन्तर घटाउन सकेन । लगत्तै ६२औं मिनेटमा डेकेसको सिक्स यार्ड टाढाको प्रहारलाई भाक्लिकले नियन्त्रणमा लिए । ६६औं मिनेटमा डेकेसको प्रहारमा भाक्लिक बाधक बने । ७७औं मिनेटमा स्टेफेन ओडोन्नेलको पासमा स्कट म्याक टोमिनेको भली प्रहार क्रसबारबाट थोरै बाहिरियो ।

८१औं मिनेटमा होलेजेकको पासमा प्याट्रिकले अवसर चुकाउदा उनी ह्याट्रिकबाट चुके । ८४औं मिनेटमा जेम्स फोरेस्टले बोरिलाई बिट गर्दै गरेको प्रहारलाई ओन्ड्रेज सेलुस्ट्काले ब्लक गर्दै गोल टारे । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा माइकल क्रेमेसिकको प्रहारलाई गोलरक्षक मार्सलले बचाए ।चेकले ११ वर्षपछि स्कटल्यान्डलाई हराएको हो । चेकले पछिल्लोपटक स्कटल्यान्डलाई ९ अक्टोवर २०१० मा युरो छनोटको खेलमा १–० ले पराजित गरेको थियो । त्यसयता यि दुई टोली चारपटक आमनेसामने हुदा चेकले एक खेल बराबरीमा रोक्दा तीन खेल गुमाएको थियो । सन् २०११ मा २–२ गोलको बराबरी खेल्दा त्यसपछि चेकले २०१६ मा १–०, २०२० मा २–१ र १–० ले पराजित भएको थियो ।

यो जितसँगै समूह ‘डी’ मा ३ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । समान ३ अंक भएपनि गोल अन्तरमा इंग्ल्यान्ड दोस्रो स्थानमा छ । क्रोएसिया तेस्रो तथा स्कटल्यान्ड पुछारमा छ ।

मङ्गलबार, असार ०१, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

धनगढी कोरा २०२६’ आयोजना साउन २ गते हुँदै
‘सुदूरपश्चिम स्पोर्ट्स अवार्डको’ मुख्य प्रायोजक एसपीए
एनपीएलको तेस्रो सिजनका लागि सुदूरपश्चिम रोयल्सले सात जना खेलाडीलाई रिटेन गर्याे

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.