बझाङ: बझाङमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ। जिल्लाको तल्कोट गाउँपालिका–४ का ४२ वर्षीय हरीस प्रकाश जोशीको मृत्यु भएको प्रहरीले जनाएको छ।
गाउँपालिकाको कपडे भिडबाट करिब १०० मिटर तल लडेर जोशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्रहरी नायव उपरीक्षक रुपक खड्काले बताए।