धनगढी,३० जेठ/धनगढीमा ३० हजार एन्टिजेन किट पुगेको छ। स्वास्थ्य सेवा विभाग काठमाडौँबाट शनिबार स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र धनगढीमा ती किट पुगेको जनाएको छ।
भारतबाट नेपाल भित्रिने नेपालीहरुको संख्या पनि बढिरहेका बेला एन्टिजेन किट प्राप्त भएसँगै कोरोना परीक्षणमा सहजता हुने स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निमित्त प्रमुख पदम विष्टले बताए । प्राप्त भएका एन्टिजेन किटमध्ये सुदूरपश्चिमका बिभिन्न जिल्लामा पठाइने जनाएको छ ।