धनगढी: गण्डकी प्रदेशको मुख्यमन्त्रीमा विपक्षी गठबन्धनका तर्फबाट नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्।
प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ ९५० अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेकी हुन्। पोखरेलले विपक्षी गठबन्धनबाट सरकार गठनका लागि आवश्यक ३१ सांसदको हस्ताक्षरसहित शुक्रबारै दाबी पेश गरेका थिए।
निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि राष्ट्रिय जनमोर्चाका कृष्ण थापा र जनता समाजवादी पार्टीको समर्थन रहेको भन्दै दाबी गरेका थिए । उनको दाबी नपुगेपछि पौडेलले पोखरेललाई नियुक्त गरेकी हुन्। अब उनले आगामी ३० दिन भित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्नेछ।
जनता समाजवादी पार्टीका संसदीय दलका नेता सांसद हरिशरण आचार्यले भने मुख्यमन्त्रीमा पोखरेल नियुक्त भइनसकेको बताए।
उनले टेलिफोनमा कुराकानी गर्दै भने, ‘हामी धर्नामा बसिरहेका छौँ भर्खरै मात्रै प्रदेश प्रमुखको निजी सचिवालयबाट नियुक्ति पत्र तयार हुँदै छ बाहिर हल्ला नगर्नुहोला भनेर जानकारी आएको हो । तर, नियुक्त भइसक्नु भएको छैन।ु
यद्यपी प्रदेश प्रमुखको सचिवालयले भने पोखरेललाई मुख्यमन्त्री नियुक्त गरिएको जनाएको छ।
