धनगढी: भारतले दार्चुलामा महाकाली नदीवारी नेपालतर्फको बाटो भत्काइरहेको छ। नदीको प्राकृतिक बहाव नै परिवर्तन हुनेगरी धारचुला–लिपुलेक सडक खण्ड विस्तारको काम भारतले गरिरहेको छ। भारको यो कामले महाकाली वारीको नेपाल तर्फको बाटोमा क्षति पुर्याएको छ। सीमावर्ती क्षेत्रमा भएका ज्यादती रोक्न जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतलाई पत्र पठाएको छ।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले भारतको पिथौरागढस्थित धारचुलाका जिल्ला अधिकारी ९डिस्ट्रिक मजिस्ट्रे० आनन्द स्वरूपलाई नेपालको भू–भागमा असर पुग्ने गरी भएका गतिविधि रोक्न आग्रह गरेका हुन। ।त्यसको जानकारी गृह मन्त्रालयमा पनि गराइएको प्रजिअ जोशीले बताए।
पत्रमा भारतीयका कारण नदीको बहाव नेपालतर्फ धकेलिनुका साथै बाटोमै नदी पसेकाले त्यसलाई खुलाउन भनिएको छ। यसको जवाफ उताबाट आइनसकेको उनले जानकारी दिए।
