• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

कैलालीको बर्दगोरियामा कालोपत्रे गरेको महिना दिन नपुग्दै उप्किएपछि विरोध

धनगढी: कैलालीको बर्दगोरिया गाउँपालिका– ५ मा काम सम्पन्न भएको महिना दिन नपुग्दै सडकको कालोपत्रे उप्किन थालेपछि स्थानीयवासीले मापदण्ड अनुसार काम नभएको भन्दै विरोध गरेका छन्।

सडकको निर्माणको ठेक्का पाएको बस्नेत बिल्डर्स, कञ्चनपुरबाट गुणस्तरीय काम नगरेको भन्दै स्थानीयवासीले विरोध गरेका हुन्। गाउँपालिकाको २ हजार ७ सय ४० मिटर सडक कालोपत्रे गर्ने १ करोड ९५ लाख २५ हजार ३ सय रुपैयाँमा ठेक्का सम्झौता गरेको सो कम्पनीले गरेको कालोपत्रे एक महिना नपुग्दै उप्किन थालेपछि गाउँपालिकाको प्राविधिक टोलीले अनुगमन गरी सडकको गुणस्तर सुधार हुने गरी काम गर्न निर्माण कम्पनीलाई निर्देशन दिएको छ।

निर्माण कम्पनीले हालसम्म निर्माण गरेको १ हजार २ सय ३५ मिटर सडकमध्ये करिब ३ सय मिटरको कालोपत्रेमा समस्या देखिएको पालिकाको प्राविधिक टोलीको भनाइ छ। सडकको बेस निर्माणमा कमसल कच्चा पदार्थ बढी प्रयोग गरेको तथा रोलरको कम प्रयोग गरेका कारण समस्या देखिएको पालिकाका इञ्जिनीयर नवीनकुमार सिंहले बताए। अब सडकको गुणस्तर सुधारका लागि पुनः बेसमा रोलर लगाएर काम गर्न आवश्यक देखिएको सिंहको भनाइ छ।

निर्माण कम्पनीका सञ्चालक नरेन्द्र बस्नेतले मापदण्ड भन्दा बढी कच्चा पदार्थको प्रयोग गरेको सिंहले दाबी गरे। मापदण्डभित्रको अधिकांश क्षेत्रमा राम्रो काम भएको भएपनि आफू बाहिर हुँदा कामदारको लापरबाहीका कारण केही क्षेत्रमा समस्या देखिएको र निरन्तर सुधार गर्दै आएको भन्दै सञ्चालक बस्नेतले थप समस्या देखिएको ठाउँमा पुन सुधार गर्ने प्रतिबद्धता जनाएका छन्।

बर्दगोरिया गाउँपालिकाको चालु आर्थिक वर्ष २०७७र०७८ मा २ हजार ७ सय ४० मिटर सडक कालोपत्रेको योजना अनुसार बर्दगोरिया गाउँपालिका– ५ मा ६२ लाख ५६ हजार ९ सय रुपैयाँको लागतमा १ हजार २ सय ३५ मिटर गाउँपालिका– १ स्थित बास्कोटीमा ५६ लाख २ हजार ८ सय रुपैयाँको लागतमा १ हजार ५० मिटर र गाउँपालिका– ४ को मुडा बजार–तल्ला पानी सडक खण्ड ७६ लाख ६५ हजार ४ सय रुपैयाँको लागतमा ४ सय ५५ मिटर सडक कालोपत्रे सहित एक रिटेलिङ वाल समेत निर्माण हुने भएको हो।

 

शुक्रबार, जेठ २८, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.