• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

नेपाली भू-भाग हुँदै मानसरोवर जाने सडक निर्माण रोकिएन, किन बोल्दैन सरकार?

काठमाडौँ: त्रिदेशीय बिन्दुभन्दा वर नेपाल तर्फको भू(भाग ९लिपुलेक, कालापानी र लिम्पियाधुरा० हुँदै तिब्बतको धार्मिकस्थल मानसरोवर पुग्‍ने सडक निर्माणमा भारतले थप तीव्रता दिएको छ । नेपाली भू(भाग हुँदै लगेको उक्त सडक खण्डमा नेपालको अनुमतिविनै किन त्यो तहको काम भएको भन्दै नेपालले आपत्ति जनाएको थियो । नेपालको चासोपछि भारतले आफ्नो भू(भाग भन्दै काम अघि बढाएको छ ।

काम नगर्न भारतले रोक्नुको सट्टा काममा थप तीव्रता दिइरहेको छ। गत वर्षको बैशाखमा यही विषय उठेपछि नेपाल(भारत सम्‍बन्‍ध फेरि एकपटक बहसमा आएको थियो । २०७७ वैशाख २६ गते दिल्लीबाट भिडियो कन्फरेन्समार्फत् उक्त सडक उद्‍घाटन गरेका थिए । अहिले उनले सोही सडक खण्डलाई भारतको उल्लेखनीय उपलब्धि बताउँदै त्यसमा काम गर्नेको उनले प्रशंसा गरेका हुन् ।

दिल्लीबाट सबैभन्दा छोटो रुटमा मानसरोवर जाने सडक खण्ड हो । त्यो कार्यमा संलग्‍न सुरक्षा निकायका अधिकारीको उनले शुक्रबार निकै प्रशंसा गरे । सीमा क्षेत्रमा सडक निर्माण गर्ने कार्य सुरक्षा निकाय बोर्डर रोड अर्गनाइसेजन ९बीआरओ० ले नै कैलाश मानसरोवर यात्राको लागि नयाँ सडक निर्माण गरेको हो । उक्त सडक निर्माण भएकोमा खुशी व्यक्त गर्दै त्यसले धार्मिक यात्रालाई सहज बनाएको बताएका छन् ।

‘पछिल्ला वर्षमा बीआरओले उल्लेखनीय उपलब्धिहरू गर्‍यो । चाहे यो अटल टनल रोहता जस्ता नयाँ विश्वस्तरीय निर्माणको कार्यको थालनी होस्, कैलाश मानसरोवर यात्राको लागि नयाँ मार्ग निर्माण होस्, बीआरओले नयाँ रेकर्ड कायम गरेको छ,’ नयाँ दिल्लीबाट भिडियो कन्फरेन्समार्फत् सिंहले बीआरओलाई सम्बोधन गर्दै भनेको उनकै ट्वीटमा छ। यता राजनीतिक असहजता आएको अवस्थामा भारतले पुनः उक्त सडक खण्ड विस्तारमा जोड दिएको मात्र होइन, सडक निर्माण कार्यमा संलग्‍न हुनेलाई प्रशंसा गर्ने काम हुनु अर्थपूर्ण छ ।

निवर्तमान परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले २०७७ बैशाखको अन्त्यमा संसदको अन्तराष्ट्रिय समितिमै गएर नै भनेका थिए, ‘भारतले नेपाली भूमिमा नेपालको जानकारीविना नै सडक निर्माण गरेको छ । उक्त ७८ किलोमिटर भनिएको सडकमा १९ किलोमिटर नेपाली भूभागमा परेको छ ।’ त्यसपछि नेपाल(भारत सम्बन्धमा उतारचढाव देखा परेको थियो । तर पनि नेपालले यसबारे पछिका दिनमा कुरा उठाउन छोड्यो । जारी गरेको नक्सा पुस्तकमा राखेन ।

त्यसको पाँच महिनापछि भारतीय खुफिया एजेन्सी रअु का प्रमुख सामन्त गोयल काठमाडौ ओर्ले । प्रधानमन्त्री केपी शर्मा ओलीसँग मध्यरातमा अस्वाभाविक वार्ता गरे । अनि दुई मुलुकबीच सम्बन्ध सुधारको प्रचार गरियो । भारतको स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरावणेले पनि नेपालको प्रधानसेनापतिको मानार्थ दर्ज्यानी लिन लागि नेपाल आए ।

भारतीय सत्तारुढ दल भाजपाका विदेश विभाग प्रमुख विजय चौथाईवाले पनि सम्बन्ध सहजीकरणमा ध्यान पुर्‍याउने भन्दै नेपाल आए । जसले विस्तारै नेपाल(भारत संवादमा फर्केका र समस्या समाधान हुने देखेका थिए । तर, भारतले पुनः सडक निर्माणलाई तीव्रता दिएर सम्बन्धमा हिलो छ्याप्‍ने काम भएको परराष्ट्र अधिकारी बताउँछन् ।

उक्त सडक भारतको पिथौरागढको गर्वाधारबाट नेपालको कालापानी क्षेत्र हुँदै चीनको मानसरोवर जोड्ने गरी निर्माण गरेको छ । यो निकै विवादस्पद बाटो हो । भारतले नेपालको भूभागमा आफ्ना सैन्य दस्ता नै राखेर यो प्रकारको काम अघि बढाएको हो । ७८ किलोमिटरको उक्त सडक नेपालको कालापानी, लिपुलेक क्षेत्रमा पर्दछ ।

नेपाली भूभागमा समेत बनेको सडक उद्घाटनको समाचार नेपाली सञ्चारमाध्यममा सार्वजनिक भएपछि निर्माण रोक्न नेपाल सरकारमाथि दबाब परेको थियो । पहिले नसुनेको झै बसेको सरकारले सञ्चारमाध्यममा आएपछि भारतलाई पत्राचार गर्‍यो । तर निर्माण कार्य रोकिएन । उल्टै भारतले खण्डन गर्दै आफ्नो भूभागमा सडक बनाउने काम भएको बतायो ।

भारतले कुनै समस्या भए नेपाल र भारतबीच कोभिड कम भएपछि छलफल गर्ने बताएको भारतले वार्ताविना काम अघि बढाइरहेको छ । यो विषयमा नेपाल र भारतबीच खासै खुलेर कुरा हुन सकेको छैन । भारतले निकै बलमिच्याई गरेपछि राष्ट्रवादी देखिएको सरकारले लिम्पियाधुरासहितको भूभागलाई समेटेर जेठ ७ गते नयाँ नक्सा जारी गरे पनि स्कुले पुस्तकमा राखिएको छैन ।

भारतले नेपालको उक्त नयाँ नक्सालाई अस्वीकार गर्‍यो । हुनत भारतले २०७६ को कात्तिक जम्मु(कश्मिर र लद्दाखलाई फरक राज्य र केन्द्र शासित बनाए लगत्तै जारी गरेको राजनीतिक नक्सामा नेपालका कालापानी, लिपुलेक र लिम्पियाधुरा पनि आफ्नोमा पारेको थियो । त्यसकै जवाफ नेपालले दिएको हो । नेपालले जवाफ मात्र दिएको छ तर उसको सैन्य दस्ता नै नेपाली भूभागमा छ ।

पछिल्लो समय उक्त सडक निर्माण कार्यमा तीब्रता दिएको भारतले तीन दिनअघि उक्त बाटोको गर्वाधारमा चट्टान फुटाउँदा विस्फोटक पदार्थ प्रयोग गरेकाले गर्दा दार्चुलाको तल्लो भागबाट माथिल्लो भाग जान नपाउँदा त्यहाँको स्थानीयहरू असहजमा परेको समाचार संप्रेषण भएका छन् । ब्यास गाउँपालिका(२ स्थिल क्षेत्रको बाटो भत्किएको छ । विस्फोटले चट्टान झरेर घोडेटो बाटो समेत बन्द भएको समाचार जिल्लाबाट आइरहेका छन् ।

यस विषयमा परराष्ट्र मन्त्री रघुवीर महासेठ सम्पर्कमा आउन चाहेनन् । इकागजले मन्त्री महासेठसँग पटक(पटक सम्पर्क प्रयास गर्दा उनले चासो दिएनन् ।

पिछले पांच-सात सालों में, BRO ने उल्लेखनीय उपलब्धियाँ हासिल की हैं। वह चाहे नए-नए विश्वस्तरीय निर्माण कार्यों जैसे 'अटल टनल, रोहतांग' का लोकार्पण हो, कैलाश मानसरोवर यात्रा के लिए नए मार्ग का निर्माण हो, BRO ने लगातार नए रिकॉर्ड कायम किए हैं। pic.twitter.com/O3d8UxLmoQ

— Rajnath Singh (मोदी का परिवार) (@rajnathsingh) June 11, 2021

शुक्रबार, जेठ २८, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.