धनगढी: वन तथा वातावरण मन्त्री नारदमुनि राना क्वाटर प्रवेश गरेका छन् । काठमाडौँ पुल्चोकमा रहेको मन्त्री क्वाटर बाहिर रुद्राक्ष को बिरुवा रोप्दै मन्त्री राना प्रवेश गरेका हुन् । वन मन्त्री रानाले बिहीबार नै पदभार ग्रहण गरिसकेका छन् । बिहीबार नै पहिलो निर्णय गर्दे मन्त्री रानाले परिमार्जित
वातावरणीय व्यवस्थापन योजना स्वीकृत गरेका हुन् ।वन मन्त्री रानाको पहिलो निर्णय बाट बलाँच अत्तरिया १३२ केभी बिद्युत् प्रसारणको लाइनमा रहेको ३७७ नम्बर टावर स्थानान्तरण हुने भएको छ ।